झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान

सारांश

  • पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुर्सरफले आफूलाई फाँसी दिई तीन दिनसम्म संसद भवन बाहिर शव राख्न आदेश दिने अदालतको सम्मान गरेका छन् ।
  • दुबईमा रहेका मुर्सरफले आफूले अदालतको जहिले पनि ठूलो सम्मान गरेको बताएका छन् ।
  • बिहिबार दुबईको अस्पतालबाट भिडियो सन्देश दिदै मुर्सरफले अदालतले निष्पक्ष फैसला नसुनाएको दाबी गरेका छन् ।

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुर्सरफले आफूलाई फाँसी दिई तीन दिनसम्म संसद भवन बाहिर शव राख्न आदेश दिने अदालतको सम्मान गरेका छन् । दुबईमा रहेका मुर्सरफले आफूले अदालतको जहिले पनि ठूलो सम्मान गरेको बताएका छन् ।

बिहिबार दुबईको अस्पतालबाट भिडियो सन्देश दिदै मुर्सरफले अदालतले निष्पक्ष फैसला नसुनाएको दाबी गरेका छन् । अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका उनले केही व्यक्तिको निहित स्वार्थमा आफूलाई सजाय सुनाइएको बताएका छन् ।

पाकिस्तानको अदालतले गरेको फैसलाप्रति सर्वत्र चासो भएको छ । पाकिस्तानी सेनापति हुँदै सैनिक कू मार्फत् सत्ता हातमा लिएर राष्ट्रपति समेत बन्न सफल परवेज मुर्सरफलाई त्यहाँको अदाललते फाँसीको सजाय सुनाएको थियो । मुर्सरफमाथि लागेको अभियोगमा दोषी ठहर गर्दै उनलाई फाँसी दिएर तीन दिनसम्म संसद भवन बाहिर शव झण्ड्याएर राख्ने आदेश दिएको थियो । उनलाई तत्काल झुण्ड्याउने आदेश दिदै फैसलाको विरुद्ध समेत जान नसकिने आदेश दिएको छ ।

पूर्व सेनापतिलाई सजाय तोकेपछि त्यहाँको सैनिकले असन्तुष्टि जनाएको छ । पाकिस्तानी सेनाले पाकिस्तानलाई अस्थिर बनाउने षड्यन्त्र अनुरुप फैसला सुनाइएको बताएको छ ।

सन् १९९८ मा सेनापतिमा बढुवा भएका परवेज मुर्सरफले १९९९ मा सैनिक कू मार्फत् सत्ता हातमा लिएका थिए । नवाज सरिफलाई हटाएर नौ वर्ष पाकिस्तानमा शासन गरेका थिए ।(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?