टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २७, २०७६
|
|
६४ पटक हेरिएको
Shares
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत

सारांश

  • काठमाडौं ।
  • सन् १९१२ अप्रिल १५ मा विश्वकै सबैभन्दा विशाल जहाज आरएसएस टाइटनिक आफ्नो पहिलो यात्रामा नै अटलान्टिक महासागरमा डुबेको पुग्यो ।
  • त्यस घटनामा करिब १५ सय मानिसहरुले ज्यान गुमाएका थिए ।

काठमाडौं । सन् १९१२ अप्रिल १५ मा विश्वकै सबैभन्दा विशाल जहाज आरएसएस टाइटनिक आफ्नो पहिलो यात्रामा नै अटलान्टिक महासागरमा डुबेको पुग्यो । त्यस घटनामा करिब १५ सय मानिसहरुले ज्यान गुमाएका थिए ।उक्त घटनामाथि हजारौं फिल्म र डकुमेन्ट्रीहरु बने पनि हलिउड निर्देशक जेम्स क्यामरुनले बनाएको फिल्म टाइटनिक आजसम्म पनि विश्वकै सर्वाधिक रुचाइएको र धेरै हेरिएको फिल्म मध्ये पर्छ । वास्तविक घटनामा आधारित उक्त फिल्म अहिलेपनि युरोपका केहि देशमा फिल्म हलमा बेला बेला प्रर्दशनमा लाग्ने गर्छ ।

लियोनार्दो डि क्याप्रियो र क्याट विन्सलेट अभिनित उक्त फिल्म १ नोभेम्बर १९९७ मा बनेको हो । फिल्म बनाउन कूल लागत १२५० करोड अमेरिकी डलर लागेको थियो । तर त्यसले १४ हजार करोडभन्दा अधिक कमाई गरेको थियो । यसरी एघार गुणा बढी कमाइ गरेको यो फिल्म कमाईका लागि मात्र नभएर यसले प्राप्त गरेको अवार्डका लागि पनि उच्च स्थानमा छ ।यस फिल्मका लागि रिल सर्वाधिक प्रयोग भएको थियो । पर्दामा फिल्मलाई जुन महासागरमा देखाइएको थियो, वास्तवमा त्यो एउटा तीन फीट गहिरो स्वीमिङ पुल थियो । फिल्मका दृश्यहरु बन्द कोठामा एनिमेसनको सहयोगबाट छायाँकन गरिएको थियो । फिल्म १४ विधामा ओस्कार अवार्डका लागि चुनिन सफल पनि भयो । जसमा ११ विधामा यसले अवार्ड प्राप्त गरेको थियो ।यस फिल्मको नाम टाइटनिक राख्न अघि ‘प्लानेट आइस’ राख्न लागिएको थियो ।

फिल्ममा पानीको सिनमा अभिनेत्री केटलाई चिसो कपडा लगाउनु पर्ने थियो । जसका कारणले उनी निमोनियाबाट ग्रसित भएकी थिइन् । फिल्म टाइटनिकको लागत वास्तविक जहाजको भन्दा धेरै गुणा ज्यादा थियो ।फिल्ममा मर्ने रियल लाइफ कपलको नाम इसिडार र इडा स्ट्रास थियो । इडाले बाँच्ने मौका पाएकी थिइन् तर उसले इसिडारलाई छोड्नभन्दा मर्न नै मन पराइन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस
एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
श्रमिककाे संविधानप्रद्धत अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल
जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
ट्राफिक नियमको अभिलेख प्रणाली २१ जिल्लामा सुरु
ट्राफिक नियमको अभिलेख प्रणाली २१ जिल्लामा सुरु
ओखलढुंगा,रोल्पा को ताजा पारीणाम
ओखलढुंगा,रोल्पा को ताजा पारीणाम
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न सरकारको स्वीकृति
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न सरकारको स्वीकृति
नयाँ योजना सम्झौता रोक्दै स्थानीय तह
नयाँ योजना सम्झौता रोक्दै स्थानीय तह

तपाईंले छुटाउनुभयो कि?