यी हुन् भुटानका प्रधानमन्त्री डाक्टर साब!

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
यी हुन् भुटानका प्रधानमन्त्री डाक्टर साब!

सारांश

  • भुटानको ड्रुक न्यमन रुव शोग–पाको सभापति बनेको पाँच महिनापछि नै डा.
  • लोटे छिरिङ नयाँ प्रधानमन्त्री बन्ने भएका छन्।
  • ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सोमबार पार्टी सभापति डा.

भुटानको ड्रुक न्यमन रुव शोग–पाको सभापति बनेको पाँच महिनापछि नै डा. लोटे छिरिङ नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सोमबार पार्टी सभापति डा. लोटे छिरिङलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। बिहिबार भएको संसदीय चुनावमा बहुमत ल्याएपछि सोमबार पहिलो पटक बसेको डिएनटीको कार्यकारी समितिको बैठकले सभापति छिरिङलाई प्रधानमन्त्रीमा मनोनित गर्न राजा समक्ष प्रस्ताव गर्ने निर्णय गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिरिङलाई शुक्रबार नै फोन गरेर बधाई दिनुका साथै भारत भ्रमणको निम्तो दिएका छन्। भुटानी राजा जिग्मी खेशर वाङ्चुकले छिरिङलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि मात्रै मन्त्रीहरूको नाम शिफारिस गर्ने डिएनटीले जनाएको छ। भुटानमा संसदको चुनावी परिणाम सार्वजनिक भएपछि बहुमत प्राप्त दलको नेता वा सो दलले प्रस्ताव गरेको व्यक्तिलाई राजाले प्रधानमन्त्रीमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

भुटानी राजा जिग्मी खेशर वाङ्चुक

भुटानी राजा जिग्मी खेशर वाङ्चुक

बिहिबार भएको अन्तिम चरणको संसदीय चुनावमा डिएनटीले ४७ मध्ये ३० स्थान जितेर बहुमत सिद्ध गरेको थियो। भुटानमा भएको तेस्रो संसदीय चुनावबाट सत्तामा पुग्ने डिएनटी तेस्रो दल हो। जसको गठन सन् २०१३ मा भएको थियो। भुटानमा संसदीय चुनावको समयमा प्रधान न्यायाधीशको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने व्यवस्था छ । पेशाले चिकित्सक डा. लोटे छिरिङ भुटानको तेस्रो जननिर्वाचित प्रधानमन्त्री हुनेछन्। बंगलादेश र अस्ट्रेलियामा चिकित्साशास्त्र अध्ययन गरेका डा. छिरिङ भुटानका प्रसिद्ध युरोलोजिस्ट हुन्। विशेषज्ञ सेवाका लागि उनले अमेरिकामा १२ महिना र सिंगापुरमा ६ महिना छात्रवृत्तिमा अध्ययन गरेका थिए।

छिरिङ सन् २०१३ को संसदीय चुनावअघि सरकारी जागिरबाट स्वेच्छिक अवकास लिएर राजनीतिमा होमिएका थिए। राजधानी थिम्पुभन्दा टाढा गाउँमा जन्मेका छिरिङ पाँच महिनाअघि मात्रै डिएनटीको सभापति भएका थिए। चुनावमा उनले दक्षिणी थिम्पु निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए। भुटानमा २० जिल्लामा ४७ निर्वाचन क्षेत्र छन्। भुटानको संविधान अनुसार नेशनल एसेम्बली (संसद) चुनावमा राजनीतिक पार्टीले मात्रै भाग लिन पाउँछन्। माथिल्लो सदन र स्थानीय निकायमा भने राजनीतिक पार्टी नभई स्वतन्त्र व्यक्तिबीच चुनाव हुन्छ। भुटानमा बढ्दो आर्थिक असमानता घटाउने मूल चुनावी मुद्दा बनाएको डिएनटीले आर्थिक रुपले तुलनात्मक रुपमा सम्पन्न दक्षिण पश्चिम क्षेत्रमा स्वीप गरेको छ। तर सरकार गठन गर्दा क्षेत्रीय सन्तुलनलाई ध्यानमा राखिने डिएनटीले जनाएको छ ।

सरकारमा पुग्ने प्रयास असफल भएपनि पूर्वी क्षेत्रमा रहेको आफ्नो प्रभाव जोगाएर डिपिटी प्रतिपक्षी दल बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
चिनियाँ राष्ट्रपति सीको भ्रमणमा मधेसी नेताहरु उपेक्षामा
चिनियाँ राष्ट्रपति सीको भ्रमणमा मधेसी नेताहरु उपेक्षामा
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
In-charge Sharma pledges development of Karnali
In-charge Sharma pledges development of Karnali
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
दुई किलो गाँजासहित स्वयम्भु एक पक्राउ
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा कम्तीमा १४९ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?