टेलिकमले ३० प्रतिशत सेयर दिएर अन्तर्राष्ट्रिय साझेदार भित्र्याउँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २०, २०७६
|
|
३९ पटक हेरिएको
Shares
टेलिकमले ३० प्रतिशत सेयर दिएर अन्तर्राष्ट्रिय साझेदार भित्र्याउँदै

सारांश

  • काठमाडौ, २१ असोज ।
  • नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरी अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने विषयको अध्ययन पूरा भएको छ।
  •   सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको अध्ययन अनुसार टेलिकमको वृद्धि विकास तथा क्षमता बढाउनका लागि अन्तर्राष्ट्रिय रणनीतिक साझेदार आवश्यक रहेको पाइएको हो।

काठमाडौ, २१ असोज । नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरी अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने विषयको अध्ययन पूरा भएको छ।  सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको अध्ययन अनुसार टेलिकमको वृद्धि विकास तथा क्षमता बढाउनका लागि अन्तर्राष्ट्रिय रणनीतिक साझेदार आवश्यक रहेको पाइएको हो। सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललका अनुसार सञ्चार मन्त्रालयले लामो समयदेखि उक्त विषयमा अध्ययन गरिरहेको थियो। उक्त अध्ययनले ३० प्रतिशत सेयर बिक्री गरेर नयाँ साmभोदार भित्र्याउन सकिने देखाएको छ।

उक्त अध्ययन रिर्पोटलाई सञ्चार मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गरेको ढकालले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार सञ्चार मन्त्रालयले अध्ययन तथा प्रस्ताव मात्र गर्ने अधिकार छ। त्यसको लागि अरु आर्थिक विषयका बारेमा हेर्न भनेको अर्थमन्त्रालय हो। त्यो भन्दा माथि निर्यण गर्नु प¥यो भने मन्त्री परिषद् भनै पुग्नु पर्ने हुन्छ। त्यसकारणले साझोदार भित्र्याउने विषयलाई अघि बढाउने वा नबढाउने अर्थको हातमा पुगेको छ। रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाकै लागि टेलिकमको सम्पत्ति, दायित्व, वित्तीय अवस्था, समग्र अवस्था आदिको अध्ययन गर्न डीडीए (ड्यू डिलिजेन्स अडिट)सम्पन्न पनि भइसकेको छ।

१९ करोड खर्चेर गरिएको यो अध्ययन पनि सञ्चार मन्त्रालय हुँदै अर्थ मन्त्रालयको निजीकरण एकाईमा पुगेको छ। बेलायती कम्पनी एनालाइसिस म्यासन अन्तर्गतको एनालाइसिस म्यासन इण्डियाले टेलिकमको डीडीए गरेको थियो। म्यासनले रणनीतिक साझेदारको बोलपत्र आह्वान गर्न आशयपत्र र प्रपोजल आह्वानको तयारीसहितको प्रतिवेदन तयार गरेको छ। जापानको केडीडीआई कर्पोरेसनले केही वर्षअघि टेलिकमको ३० प्रतिशत शेयर किनेर व्यवस्थापन जिम्मा लिने प्रस्ताव गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?