ट्राफिक प्रहरीको मास्क खरिदमा भ्रष्टाचार

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २०, २०७५
|
२
|
५४ पटक हेरिएको
Shares
ट्राफिक प्रहरीको मास्क खरिदमा भ्रष्टाचार

सारांश

  • काठमाडौं, २० असार ।
  •   महानगरीय ट्राफिक प्रहरी महाशाखाका लागि आवश्यक १ हजार ६ सय २३ थान मास्क खरिदमा भ्रष्टाचार भएको छ ।
  • ट्राफिक प्रहरीका लागि प्रदूषणरहित मास्क खरिदमा १६ लाख रुपैयाँ भन्दा बढी घोटाला भएको छ ।

काठमाडौं, २० असार ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका लागि आवश्यक १ हजार ६ सय २३ थान मास्क खरिदमा भ्रष्टाचार भएको छ ।

ट्राफिक प्रहरीका लागि प्रदूषणरहित मास्क खरिदमा १६ लाख रुपैयाँ भन्दा बढी घोटाला भएको छ ।

सानो इकाईको खरिदमा पनि प्रहरीमा नांगो भ्रष्टाचार हुने गरेको छ भने ठूला खरिदमा झन् कति हुन्छ होला भन्ने कुरा ट्राफिक प्रहरीले गरेको ‘एन ९९ स्ट्यान्डर्ड मास्क’ खरिदमा देखिएको छ । ट्राफिक प्रहरीले २०७५ जेठ ३ मा मास्क खरिदका लागि टेण्डर गरेको थियो ।

त्यो टेण्डरमा मल्टी टेडिङ प्रालि र सायोन इन्टरप्राइजेज अनामननगरले प्रस्ताव पेश गरेका थिए । मल्टी टेडिङले ३१ लाख १७ हजार ७ सय ८३ रुपैयाँ (भ्याटसहित) मा मास्क एन ९९ को १६२३ थान मास्क दिने प्रस्ताव गरेको थियो । दृष्टि साप्ताहिकका अनुसार  सायोनले ४७ लाख ५९ हजार २ सय ४ रुपैयाँ ५ पैसामा दिने गरी टेण्डर हालेको थियो ।

यसमा न्यून मूल्यमा मास्क आपूर्ति गर्ने मल्टी ट्रेडिङलाई नदिई १६ लाख रुपैयाँ बढी मूल्यको कम्पनीलाई मास्क खरिदको टेण्डर दिइएको छ । ट्राफिक महाशाखाले सायोनलाई २०७५ असार ७ गते आसयपत्र समेत दिइसकेको छ । सार्वजनिक खरिद ऐन र नियमावली अनुसार कम मूल्य पेश गर्ने कम्पनीलाई टेण्डर दिनुपर्ने हुन्छ ।

मल्टी ट्रेडिङको मास्क महाशाखाले तोकेको गुणस्तरकै भए पनि घुसको चलखेलमा सायोनबाट खरिद गर्ने गरी आसयपत्र दिइएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले सायोन इन्टरप्राइजेजबाट १० लाख घुस खाएर कम दरको कम्पनीलाई टेण्डर नदिएको स्रोतले बताएको छ । प्रहरीमा भएको सानो खरिदमा भएको भ्रष्टाचारको यो सानो दृष्टान्त हो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Pasang Lama

    पैसो भन्ने चीजको लत मादक तथा लागुपदार्थको भन्दा पनि कडा हुदो रहेछ ।

    Comment Author

    Khadka Prs Nyaupane

    प्रहरिकाे पुरानै राेग हाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिगलिगमा दौडेर राजा छानिने, को बन्ला !
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण
तीन लाख घुससहित असई परे अख्तियारको फन्दामा
तीन लाख घुससहित असई परे अख्तियारको फन्दामा
प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ, आजै डिष्चार्ज हुने
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
मुख्यमन्त्री कार्कीले भने :  बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
मुख्यमन्त्री कार्कीले भने : बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
काठमाडौंमा एकैदिन ५१२ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?