डाइलासिस सेवामा विद्युत् व्याकअपको अभाव

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
५५ पटक हेरिएको
Shares
डाइलासिस सेवामा विद्युत् व्याकअपको अभाव

सारांश

  • काँकडभिट्टा, २४ कात्तिक : पछिल्लो समय सुधारोन्मुख मेची अञ्चल अस्पतालले तीन शय्याको निःशुल्क हेमो डाइलासिस सेवा शुरु गरेसँगै बिरामीको चाप बढ्न थालेको छ ।
  • बिर्तासिटी र ओमसाई पाथिभरा अस्पतालले यसअघिदेखि नै डाइलासिस सेवा शुरु गरेको भए पनि सरकारी अस्पतालमा तीन महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हो ।
  • अस्पतालमा चारवटा डाइलासिस उपकरण छन् ।

काँकडभिट्टा, २४ कात्तिक : पछिल्लो समय सुधारोन्मुख मेची अञ्चल अस्पतालले तीन शय्याको निःशुल्क हेमो डाइलासिस सेवा शुरु गरेसँगै बिरामीको चाप बढ्न थालेको छ ।

बिर्तासिटी र ओमसाई पाथिभरा अस्पतालले यसअघिदेखि नै डाइलासिस सेवा शुरु गरेको भए पनि सरकारी अस्पतालमा तीन महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा चारवटा डाइलासिस उपकरण छन् । जसमध्ये तीन वटा सञ्चालनमा र एउटा व्याकअपमा राखिएको हेमो डाइलासिस वार्डकी इञ्चार्ज स्मृति पाण्डेले जानकारी दिनुभयो । सरकारी अस्पताल भएकाले यहाँ डाइलासिस गराउन आउनेको चाप बढ्न थालेको वार्ड इञ्चार्ज पाण्डे बताउनुहुन्छ ।

अस्पताललाई दुई वटा उपकरण स्वास्थ्य मन्त्रालयले दिएको र थप दुई वटा उपकरण आन्तरिक स्रोतबाट खरिद गरिएको हो । कृत्रिम किड्नीको काम गर्ने डाइलाइजर र औषधिसमेत अस्पतालबाटै उपलब्ध गराइएको पाण्डेले बताउनुभयो ।

शनिबारबाहेक हप्तामा छ दिन डाइलासिस सेवा दिइँदै आएको मेची अञ्चल अस्पतालमा सो सेवा सञ्चालनका लागि विद्युत् व्याकअपको भने अभाव छ ।चौबीसै घण्टा विद्युत् व्याकअप चाहिने यस सेवाका लागि अस्पतालमा जेनेरेटरको व्यवस्था बाहेक अर्को विकल्प छैन ।

डाइलासिस सेवाका लागि दुईजना नर्सिङ स्टाफ र एकजना प्राविधिकलाई खटाइएको छ । अस्पतालको डाइलासिस सेवा राम्रो भएको सेवाग्राहीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइफोनको बिक्री ढाँटेको भन्दै एप्पलविरुद्ध मुद्दा
आइफोनको बिक्री ढाँटेको भन्दै एप्पलविरुद्ध मुद्दा
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
रहस्यमय बन्दै सुन तस्कर प्रकरण : पक्राउ पर्न थाले प्रहरीकै उच्च अधिकारी !
काठमाडौंं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’
काठमाडौंं उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
Share Documents Online and just how it can be used to benefit your organisation
बिपी राजमार्गमा ठूला सवारी साधन नगुड्ने!
बिपी राजमार्गमा ठूला सवारी साधन नगुड्ने!
पाँच दलको मेयर उपमेयरमा कहाँ कहाँ भयो सहमति ?
पाँच दलको मेयर उपमेयरमा कहाँ कहाँ भयो सहमति ?
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !
युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !

तपाईंले छुटाउनुभयो कि?