डाक्टरले ‘नबोल्नु’ भनेका गच्छदार ३ घन्टा बोले

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
डाक्टरले ‘नबोल्नु’ भनेका गच्छदार ३ घन्टा बोले

सारांश

  • डाक्टरले ‘भ्वाइस रेस्ट’ गर्न भनेका गच्छदार ३ घन्टा ५ मिनेट बोले, शुक्रबार थप १ घन्टा बोल्ने बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले ।
  • उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले ।
  • सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो ।

डाक्टरले ‘भ्वाइस रेस्ट’ गर्न भनेका गच्छदार ३ घन्टा ५ मिनेट बोले, शुक्रबार थप १ घन्टा बोल्ने

बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो ।

अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्रेष्ठ नै बोल्न थाले । उनले पौने घन्टा थप बोले । त्यसपछि पालो आयो विजयकुमार गच्छदारको । फोरम लोकतान्त्रिकबाट केही महिनाअघि कांग्रेस भित्रिएका नेता भएकाले उनले विशेष आमन्त्रित सदस्यका रूपमा धारणा राखे ।

‘घाँँटीको समस्या छ, डाक्टरले धेरै नबोल्नु, ‘भ्वाइस रेस्ट’ गर्नु भनेका छन् । म छोटो बोल्छु,’ गच्छदारले भाषण सुरु गरे । तर, उनको भाषणको गति रामायण वाचन गर्न लागेजस्तो शैलीमा अगाडि बढ्यो । ३ घन्टा ५ मिनेट बोल्दा पनि उनको धीत मरेन । बिहीबारको भाषण त यत्तिकैमा अन्त्य गरे, तर शुक्रबार पुनः एक घन्टा बोल्ने गरी । शुक्रबारको बैठकमा गच्छदारले एक घन्टा जति बोल्न सक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘गोपालमान दाइले तीन घन्टा र विजय दाइले तीन घन्टा पाँच मिनेट बोल्दा बिहीबार जम्मा दुई वक्ताले मात्र बोल्नुभयो,’ शर्माले नयाँ पत्रिकासित भने, ‘अब शुक्रबार विजय दाइले एक घन्टा जति बोल्नुभयो भने पदाधिकारीले बोलेर बैठक टुंग्याउने तयारी छ ।’ बैठक सकिएपछि निर्णय सार्वजनिक गर्ने बताए।

त्यसो त लामो भाषण गर्नेहरू गच्छदार र श्रेष्ठ मात्रै होइनन् । यसअघिका बैठकमा विमलेन्द्र निधि र डा. प्रकाशशरण महतले दुई–दुई घन्टा तथा मीन विश्वकर्मा र किशोरसिंह राठोरले डेढ–डेढ घन्टा बोलेका थिए । तर, लामो भाषण सुन्नुपर्दा अधिकांश सदस्यले भने पट्यार मानेका थिए । लामो भाषण पट्यारलाग्दो भएको गुरुराज घिमिरेले सुनाए ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३४ वर्षीया महिलाको गर्भवती भएको थाहा पाएपछि हत्या
३४ वर्षीया महिलाको गर्भवती भएको थाहा पाएपछि हत्या
नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी
यौनिक अल्पसंख्यकलाई फरक ढंगले हेरिदैनः केन्द्रीय साईवर व्यूरो
यौनिक अल्पसंख्यकलाई फरक ढंगले हेरिदैनः केन्द्रीय साईवर व्यूरो
जहाज बेपत्ता अपडेटः मौसम खराब छ, खोज्न मुस्किल छ
जहाज बेपत्ता अपडेटः मौसम खराब छ, खोज्न मुस्किल छ
विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि
विमान दुर्घटनाको एक महिनापछि सापकोटा दम्पतीको अन्त्येष्टि
गाउँपालिकाको यस्तो निर्णय: छोरी जन्मिए २५ हजार रकम खातामा
गाउँपालिकाको यस्तो निर्णय: छोरी जन्मिए २५ हजार रकम खातामा
कपिलवस्तुमा २ पत्रकार कोरोना संक्रमित
कपिलवस्तुमा २ पत्रकार कोरोना संक्रमित
डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !
डा बाबुराम भट्टराईकाे याे कस्ताे राज माेह !
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा दिएका छैनन्: प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?