डा. केसीलाई काठमाडौं ल्याउन जुम्ला उड्यो हेलिकोप्टर
सारांश
- काठमाडौं, ३ साउन ।
- जुम्लामा अनशनरत डा.
- गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले जुम्लामा हेलिकप्टर पठाएको छ ।
काठमाडौं, ३ साउन । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले जुम्लामा हेलिकप्टर पठाएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आकस्मिक बैठकले डा. केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो । डा. केसीलाई लिन डा. गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको छ । शिक्षामन्त्री पोखरेलका अनुसार डा. केसीलाई काठमाडौं ल्याएपछि त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।
केसीको स्वास्थ्य गम्भीर भएको भन्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल रिपोर्ट दिएपछि नेकपाले उनको सुविधासम्पन्न अस्पतालमा उपचार गरिनुपर्ने निष्कर्ष निकाल्दै हेलिकप्टरमार्फत काठमाडौं ल्याउने निर्णय गरेको हो ।
यसैबीच, जुम्लामा अनसनरत डा. गोविन्द केसीले सरकारले आफ्नो माग पूरा नगरी अपहरण गरेर काठमाडौं लैजान लागेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार साँझ बसेको बैठकले डा. केसीलाई काठमाडौं ल्याउने निर्णय गरेपछि उनले जुम्लाबाट अडियो सन्देश पठाउँदै सरकार माग पूरा गर्नेतर्फ भन्दा पनि अनशन तुहाउनेतर्फ लागेको आरोप लगाएका हुन् ।
प्रतिक्रिया