डा.गोविन्द केसीलाइ बल प्रयोग गर्ने तयारी !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
डा.गोविन्द केसीलाइ बल प्रयोग गर्ने तयारी !

सारांश

  • काठमाण्डौ, २९ असार ।
  • जुम्लामा पुगेर अनशन बसिरहेका डा.
  • गोविन्द केसीको स्वास्थ्यअवस्था जटील बन्दै गएपछि उनको उपचारका लागि सरकारले विशेष योजना बनाएको छ ।

काठमाण्डौ, २९ असार । जुम्लामा पुगेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यअवस्था जटील बन्दै गएपछि उनको उपचारका लागि सरकारले विशेष योजना बनाएको छ ।

काठमाडौंबाट गएका चिकित्सकहरुबाट डा. केसीले उपचार लिन नमानेकाले अब के गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओलीले छलफल गरेका थिए । छलफलपछि सरकारले डा. केसीको अवस्था बुझ्न टोली जुम्ला पठाउने र आवश्यक भए काठमाडौं ल्याएर उपचार गराउने निष्कर्ष निकालेको हो ।

केसीलाई जुनसुकै बेलापनि काठमाण्डौ ल्याएर उपचार गराउनपर्ने अवस्थाआउन सक्ने भएकाले बुधबारदेखि नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा छ ।

तर, डा. केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नआउने अडान लिएका छन् । केसीको अडानका कारण सरकारले स्वास्थ्य अवस्था गम्भीर नै भयो भने बलपूर्वक काठमाडौं ल्याएर भए पनि उपचार गराउँने तयारी गरेको छ ।

डा. केसीलाई स्वास प्रस्वासमा कठिनाई भइरहेको छ । लगातार अनसन बसेका कारण डा. केसीको शरीर निकै कमजोर भएकाले यो पटक ६–७ दिनमा नै गलेका छन् । त्यसमाथि जुम्लाको चिसो मौसमले पनि उनको स्वास्थ्य अवथा थप जटिल बेनको हो ।

सरकारले डा. केसीसँग वार्ता गर्नुपूर्व उनको उपचार गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?