डोटीका तिन सडक कालोपत्र हुँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
डोटीका तिन सडक कालोपत्र हुँदै

सारांश

  • जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ ।
  • सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी– धिर्कामाण्डौँ सडक कालोपत्र गर्ने भएको हो ।
  • जिल्लाको भाग्यरेखासमेत मानिएको उक्त सडक कालोपत्र गर्नका लागि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो ।

जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ ।सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी– धिर्कामाण्डौँ सडक कालोपत्र गर्ने भएको हो । जिल्लाको भाग्यरेखासमेत मानिएको उक्त सडक कालोपत्र गर्नका लागि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड््ने सिलगढी– झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटरका लागि रु ४० करोड, सिलगढी, मेल्लेक हुँदै बझाङ जोड्ने ७ दशमलव ५ किलोमिटर सडकका लागि रु १५ करोड ९७ लाख १२ हजार ५४२ तथा राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ जोड्ने ९ दशमलव ५ किलोमिटर सडकको कालोपत्र गर्नका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ मा ठेक्का कबुल गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख खत्रीका अनुसार ती तीनवटै सडक विसं २०७८ असार ३० गतेसम्म कालोपत्रको काम सक्ने गरी सम्झौता गरिएको छ । जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडकअन्तर्गत ३२ दशमलव ६ किलोमिटरका लागि कूल रु ७८ करोड ८८ लाख ६२ हजार ३७ को लागतमा सडक कालोपत्रको काम शुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक बिस्तारको काम हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रको काम शुरु भएको हो । मुख्य राजमार्ग मात्र कालोपत्र रहेको डोटी जिल्लामा पहिलो पटक र एकैपटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।

सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्र÷पिएस जेभी र राजपुर फलेडी धिर्कामाण्डौँ सडक केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । खप्तडको प्रवेशद्वारका रुपमा रहेको झिग्रानासम्म पक्की सडक हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक खप्तड भित्र्याउन सकिने छ ।

पहिराले घर पुरियो, तीन बाख्रा मरे

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आज बिहान पहिराले एक घर पुरिएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारीअनुसार गएरातिदेखि परेको वर्षाका कारण स्थानीय खण्टीदेवी केसीको घरमाथिबाट पहिरो आउँदा जस्ताले निर्माण गरिएको घर पुरिएको हो । पहिराले मानवीय क्षति हुन नपाए पनि निज केसीका तीन बाख्रा पहिरोमा परी मरेका छन् ।

पहिराले घर च्यापिँदा दिपायलमा रहेको सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली, नेपाल प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका थिए । उद्धार गर्ने क्रममा निजका दुई बाख्राको जीवितै उद्धार गरिएको छ भने तीन वटा बाख्रा पहिरामा च्यापिएर मरेको अवस्थामा निकालिएको छ । पहिराका कारण उहाँको घरसहित करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ । डोटीमा बिहीबार रातिदेखि भारी वर्षा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
माले महासचिव मैनाली चढेको कार दुर्घटना, अवस्था गम्भीर
भारतमा एकैदिन २६ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च
भारतमा एकैदिन २६ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च
राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
अन्ततः शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?
अन्ततः शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन
गुठी विधेयक फिर्ता भए पनि आन्दोलन किन फिर्ता भएन ?
गुठी विधेयक फिर्ता भए पनि आन्दोलन किन फिर्ता भएन ?
कीर्तिमानी रोहितलाई प्रधानमन्त्री ओलीको बधाई, के लेखे टुइटमा ?
कीर्तिमानी रोहितलाई प्रधानमन्त्री ओलीको बधाई, के लेखे टुइटमा ?
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास

तपाईंले छुटाउनुभयो कि?