डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २, २०७५
|
|
३७ पटक हेरिएको
Shares
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि

सारांश

  • वासिङ्टन।
  • संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ।
  • केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ ।

वासिङ्टन। संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ।

केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गरेपछि राष्ट्रपति ट्रम्पलाई अप्ठ्यारो परेको छ ।

आफ्नो पार्टीको निर्देशन विपरीत तथा राष्ट्रपतिको आदेशको विपक्षमा १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो ।

ट्रम्पले एक ट्विट सन्देशमा आफूले अब विशेष अधिकार ( भिटो) प्रयोग गरेर भएपनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन् ।

तर विपक्षी डेमोक्रयाटिक पार्टीको वर्चश्व रहेको प्रतिनिधिसभाका डेमोक्रयाटिक पार्टीका नेताका एक सहयोगीले राष्ट्रपतिको कदम फेरि सदनबाट उल्टिइने बताएका छन्।

सिनेटमा डेमोक्रयाटिक पार्टीका नेता चक शुमरले राष्ट्रपतिको विपक्षमा मतदान गर्ने सत्तारुढ दलका सिनेटरहरूलाई धन्यवाद ज्ञापन गरे।

उनले भने, “रिपब्लिकनहरूले आफू साहसी भएर हो, या सिद्धान्तमा अडिग भएर हो, या त आकुल व्याकुल भएर हो आफ्ना राष्ट्रपतिले सीमा नाघ्न खोज्दा उहाँलाई ठाउँमा ल्याउन थालेका छन् ।”

विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी विज्ञहरूलाई उद्धृत गरी भनेका छन्, “रिपब्लिकन पार्टीका सिनेटरहरूले गरेको यो ठूलो विद्रोह हो र यो ट्रम्पका लागि एक प्रकारको धक्काको रूपमा आएको छ ।”

उनीहरूका अनुसार यो कदम पर्खाल योजनाप्रति सिनेटरको विरोध नभएको तर कंग्रेसको संवैधानिक अधिकार मिचेर संकटकाल घोषणा गर्ने राष्ट्रपति ट्रम्पको कदमप्रति क्रुद्ध भएपछि आएको स्वतन्त्र निर्णय थिए ।
पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले संकटकालको बाटो रोन्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान, छोरी पढाउन  २५ हजार
विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान, छोरी पढाउन २५ हजार
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश
नेकपाको सचिवालय वैठकमा ‘भेनेजुएला’ प्रवेश
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै
ट्रिपिङ घट्दा बिजुली काटिने दरमा कमी आउँदै
सिन्धुपाल्चोक-१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि
सिन्धुपाल्चोक-१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि

तपाईंले छुटाउनुभयो कि?