डोल्पाको ‘बख्खु’मा प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु-याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् ।
- डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु-याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् । डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्नति गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।
“डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ” प्रधानमन्त्री ओलीले भने, “पातला बस्तीमा भौतिक सुविधा पु-याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय,सडक, स्वास्थ्यचौकी, यातायात,खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ ।”
कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिनेमा प्रधानमन्त्रीको जोड दिंदै त्यसपछि कर्णालीको परिचय बदलिने र कर्णाली सुगम हुनेमा जोड दिए ।



प्रतिक्रिया