बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १, २०७९
|
|
३४ पटक हेरिएको
Shares
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित

सारांश

  • डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
  • अध्यक्षमा काँग्रेसका भैरवबहादुर साउद निर्वाचित भएका हुन् ।
  • साउँदले २ हजार ३४३ मत हाँसिल गरेका छन् ।

डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा काँग्रेसका भैरवबहादुर साउद निर्वाचित भएका हुन् । साउँदले २ हजार ३४३ मत हाँसिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चक्रबहादुर घर्तीमगरले १६ सय ८४ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार डम्मरीकुमारी विष्ट निर्वाचित भएकी छिन् । विष्टले २ हजार ४०७ मत हाँसिल गरेकी छिन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार सपना सिराडीलाई पराजित गरिन् । सिराडीले २२ सय ७६ मत पाएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?