मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने

सारांश

  • काठमाडौं।
  • ताप्लेजुङमा हेलिकप्टर दुर्घटनमा  परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शवलाई काठमाडौं ल्याउने तयारी भइरहको छ।
  •   मन्त्री अधिकारीसहित सातै जना शवको विमानस्थलमा मुचुल्का गरी बिहीबारनै काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले  जानकारी दिए।
काठमाडौं। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनमा  परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शवलाई काठमाडौं ल्याउने तयारी भइरहको छ। 
मन्त्री अधिकारीसहित सातै जना शवको विमानस्थलमा मुचुल्का गरी बिहीबारनै काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले  जानकारी दिए।  मृतकहरुको शव काठमाडौंमा ल्याएपछि पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिने र त्यसलगत्तै टुँडिखेलमा लगी श्रद्धाञ्जलि दिइने भएको हो।
अन्तिम श्रद्धाञ्जलीको लागि शवहरु टुँडिखेलमा राखिने र श्रद्धाञ्जलिपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ। अहिले मृतक सबैको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा रहेको छ। मौसम खराब भएकाले त्यहाँबाट काठमाडौं ल्याउन कठिनाई भइरहेको छ। मौसम अनुकुल भएलगत्तै शवहरु काठमाडौं पठाइने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।  मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ। मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ । 
यसैबीच हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ। 
कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वा्चित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए। 
मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन्। स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ। त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ तलाको अनुमति, १० तलाको घर, उद्घाटन उपराष्ट्रपतिको हातबाट
३ तलाको अनुमति, १० तलाको घर, उद्घाटन उपराष्ट्रपतिको हातबाट
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक
आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक
मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा
मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
मनाेरंजन समाचार: सनी लियोनीका विषयमा नयाँ खुलासा
मनाेरंजन समाचार: सनी लियोनीका विषयमा नयाँ खुलासा
वार्सटइनर पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने
वार्सटइनर पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने
बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रया
बालिकाको बलात्कारपछि आँखा निकालेर हत्या प्रया
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस
चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसय एकतीस

तपाईंले छुटाउनुभयो कि?