ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १८, २०८०
|
|
६३ पटक हेरिएको
Shares
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको छ : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

ज्ञापनपत्रमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान राख्न माग गरिएको छ । सो प्रावधान नहुँदा दक्ष सवारी चालकको उत्पादनमा कमी आएको तथा दुर्घटना बढ्दा धनजनको ठूलो क्षति भइरहेको भन्दै सङ्घले सवारी चालक अनुमतिपत्र लिनका लागि ड्राइभिङ तालिम तथा सिकेको प्रमाणपत्र अनिवार्य गराउन माग गरेको छ ।

सवारी चालक प्रशिक्षण केन्द्रका लागि प्रशिक्षणमा प्रयोग हुने सवारीसाधनमा भन्सार शुल्कमा छुट तथा सवारी साधनको रङ एकैप्रकारको हुने व्यवस्था मिलाउने, सबै प्रशिक्षण केन्द्रले प्रशिक्षण प्रयोजनका लागि प्रशिक्षणस्थल साझारुपमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउन माग गरिएको अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
कार्यान्वयन हुन सकेन चेतावनीमूलक सन्देश छाप्ने निर्देशिका
पार्टीभित्र एक्लिँदै प्रचण्ड
पार्टीभित्र एक्लिँदै प्रचण्ड
‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा
आज विजयादशमी
आज विजयादशमी
आज ४८१ संक्रमित थपिए
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
नाउपाको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध, कुन पदमा कति जनाको उम्मेदवारी दर्ता ?
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा
‘हामी यहाँ छौ’ भन्ने प्ले कार्ड बोकेर ३ पूर्वप्रधानमन्त्री धर्नामा

तपाईंले छुटाउनुभयो कि?