ताप्लेजुङमा तीन महिनादेखि मोवाइलको टावर बन्द

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन २६, २०७४
|
|
५२ पटक हेरिएको
Shares
ताप्लेजुङमा तीन महिनादेखि मोवाइलको टावर बन्द

सारांश

  • ताप्लेजुङ, २६ असोज विगत तीन महिनादेखि मोवाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् ।
  • ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आए पनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित हुनु परेको हो ।
  • टावर जडान गरिएको तीन महिना नपुग्दै खराबी आए पनि बन्द भएको तीन महिना बितिसक्दासम्म मर्मत भएको छैन ।

ताप्लेजुङ, २६ असोज विगत तीन महिनादेखि मोवाइलको टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् ।

ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको टावरमा गएको असारदेखि नै खराबी आए पनि हालसम्म मर्मत नगरिँदा स्थानीय सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित हुनु परेको हो ।
टावर जडान गरिएको तीन महिना नपुग्दै खराबी आए पनि बन्द भएको तीन महिना बितिसक्दासम्म मर्मत भएको छैन । वैशाखमा जडान गरिएको टावरमा असार १४ गते नै खराबी आएको स्थानीयवासी भानुभक्त गौतमले बताउनुभयो । खराबी भएको तीन महिना बितिसक्दासम्म मर्मत नगरिँदा त्यहाँका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ता मर्कामा परेका छन् ।

उक्त मोबाइल टावरको सेवा क्षेत्र जिल्लाको दुर्गम भेग पर्छ । साबिकको याम्फुदिन, मामांखे, खेवाङ, सुरुम्खिम, मेहेले, पेदाङ, आम्वेगुदिन, पेदाङ, तेल्लोक, सिकैचा लगायतका गाविसवासीले सो टावरबाट सेवा लिँदै आएका छन् । अन्य स्काई तथा एनसिएलको समेत राम्रो नेटवर्क नआउने भएकाले त्यहाँका बासिन्दालाई थप समस्या भएको छ । इलाममा रहेको एकीकृत मर्मत सम्भार इकाईको कार्यालयलाई खराबी आउनासाथ खबर गरे पनि हालसम्म चासो नदिएको स्थानीयवासीको आरोप छ ।

यता टावरमा आएको खराबीबारे कार्यालयले चासो राखेको र केही दिनमा नै मर्मत हुने कार्यालयका इञ्चार्ज ज्ञाननाथ सापकोटाले बताउनुभयो । टावरको रेडियो लिंकमा खराबी आएको र मर्मतका लागि केही सामान क्षेत्रीय कार्यालयबाट मगाउनु परेको र टावर राखिएको ठाउँमा पुग्न निकै समय लाग्ने भएकाले पनि ढिलाइ भएको सापकोटाको भनाइ छ । ताप्लेजुङसहित पूर्वी क्षेत्रमा जडान गरिएका विटिएस टावरको मर्मतसम्भार उक्त कार्यालयले नै गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
हेर्नुहोस् सिन्धुपाल्चोकको मतगणनाको तयारी , उमेदवारका प्रतिनिधिले मतपत्र र चिह्न देख्न सक्छन्, छुन सक्दैनन्
बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
एमसीसी पारित नभए के हुन्छ ?
एमसीसी पारित नभए के हुन्छ ?
मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने
मिडियाले सरकारको आँखा खोलिदिनुपर्ने
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र
दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र

तपाईंले छुटाउनुभयो कि?