तीन दिनसम्म झुण्ड्याइने छ मुशर्रफको शव

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ४, २०७६
|
|
४८ पटक हेरिएको
Shares
तीन दिनसम्म झुण्ड्याइने छ मुशर्रफको शव

सारांश

  • बीबीसी।
  • गत मंगलबार पाकिस्तानमा देशद्रोह मामलामा पूर्व राष्ट्रपति एवं पूर्व सेनाध्यक्ष जनरल परभेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको विशेष अदालतले बिहीबार विस्तृत फैसला सार्वजनिक गरेको छ ।
  • १६७ पृष्ठको उक्त फैसलामा ‘सजाय कार्यान्वयन गर्नुभन्दा पहिले यदि मुशर्रफको मृत्यु भयो भने उनको शव घिसारेर ल्याएर चौडाहामा तीन दिनसम्म राखेर फाँसीको फन्दामा झुण्ड्याउनू’ भनिएको छ ।

बीबीसी। गत मंगलबार पाकिस्तानमा देशद्रोह मामलामा पूर्व राष्ट्रपति एवं पूर्व सेनाध्यक्ष जनरल परभेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको विशेष अदालतले बिहीबार विस्तृत फैसला सार्वजनिक गरेको छ । १६७ पृष्ठको उक्त फैसलामा ‘सजाय कार्यान्वयन गर्नुभन्दा पहिले यदि मुशर्रफको मृत्यु भयो भने उनको शव घिसारेर ल्याएर चौडाहामा तीन दिनसम्म राखेर फाँसीको फन्दामा झुण्ड्याउनू’ भनिएको छ ।

पहिलो पटक पाकिस्तानमा सैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाइएको हो । तीन न्यायाधीशको न्यायीक समितिले बहुमतका आधारमा २–१ ले फैसला गरेको हो । यो फैसलामा भनिएको छ कि ‘उनीहरु पनि यो मामलामा त्यत्तिकै बराबरीका भागेदार छन् जसले मुशर्रफलाई साथमात्र दिएका छैनन् कि सुरक्षा पनि दिएका छन् ।’

मुशर्रफले फाँसीको सजाय सुनाइएपछि प्रतिक्रिया दिँदै भनेका छन्, –मैले टेलिभिजनमा आफ्नो विरुद्धमा विशेष अदालतको फैसला सुनें । यसअघि पाकिस्तानमा यस्तो कहिल्यै भएको थिएन जहाँ वादी वा उसको वकिललाई आफ्नो पक्ष राख्ने मौका नदिइएको होस् । यो फैसला संदिग्ध मान्दछु । सुनुवाईमा शुरुदेखि अन्त्यसम्म कानुनलाई नजरअन्दाज गरिएको छ ।’

मुशर्रफले यदि विशेष कमिशन दुबई आएर बयान लिन्छ भने आफू त्यसका लागि तयार भएको मुशर्रफले बताएका छन् । उनले बयान दर्ता गर्न अनुरोध गरे पनि त्यसलाई अदालतले मानेन । मुशर्रफले पाकिस्तानको न्यायीक व्यवस्थाको सम्मान गर्ने पनि बताएका छन् । उनले कानुनका अगाडि सबै बराबर भएको पनि मानेका छन् ।

उनले प्रधानन्यायाधीश खोसाले फैसला सुनाउन हतार गरेको आरोप पनि लगाएका छन् । मुशर्रफले भने, ‘जुन न्यायाधीशले मेरो कार्यकालका समयमा निजी फाइदा उठाएको छ उसले कसरी मेरो विरुद्धमा फैसला दिन सक्छ ?’

मुशर्रफले कानुनी सल्लाह लिएर मात्र अगाडि कसरी बढ्ने भन्ने योजना तयार गर्ने पनि बताएका छन् । उनले पाकिस्तानी जनता र सैन्य बललाई आफ्नो सेवा याद गरेकामा धन्यवाद पनि दिएका छन् ।

मुशर्रफमाथि यो फैसला अदालतले गर्छ भन्ने अनुमान कसैले पनि गरेका थिएनन् । अहिलेको इमरान खान नेतृत्वको सरकारले पनि गरेको थिएन । यसलाई विश्वभरमै ‘सरप्राइज डिसिजन’ भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?