तोडफोडमा संलग्न ९ जना प्रहरी नियन्त्रणमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २५, २०७५
|
१
|
५९ पटक हेरिएको
Shares
तोडफोडमा संलग्न ९ जना प्रहरी नियन्त्रणमा

सारांश

  • माधव बेल्वासे कपिलवस्तु चन्द्रौटा श्रावण २५ कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा तोडफोड भएको छ ।
  • दुई दिनअघि महराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमानको मन मिलेर भागेपछि केटी पक्षले यस्तो उद्धन्द मच्चाएको कृष्णनगर प्रहरीले जनाएको छ ।
  • छोरी भगाएको निहुँमा ठूलो संख्यामा गएको हूलले केटाको घरमा तोडफोड गरी क्षति पु¥याएको वताइएको छ ।

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा श्रावण २५
कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा तोडफोड भएको छ । दुई दिनअघि महराजगञ्ज नगरपालिका ६, जिग्नाकी १८ वर्षीय शीला कुर्मी र महराजगञ्ज ७, लेङ्गडाका ३० वर्षे साहिल मुसलमानको मन मिलेर भागेपछि केटी पक्षले यस्तो उद्धन्द मच्चाएको कृष्णनगर प्रहरीले जनाएको छ । छोरी भगाएको निहुँमा ठूलो संख्यामा गएको हूलले केटाको घरमा तोडफोड गरी क्षति पु¥याएको वताइएको छ । घरभित्र गई भाँडाकुँडा, खाद्यान्न, पम्पसेट लगायतका सामान तोडफोड र नोक्सान गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।समूहले नगद, सुन, चाँदी समेत लुटेको पीडितले जनाएका छन् । तोडफोडबाट झण्डै ३ लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।प्रहरीलाई समेत केटि पक्षकाले हातपात गर्न खोजेको बोगटी वताउनुभयो ।घरबाट भागेका केटा र केटी दुवै अहिलेसम्म परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khadendra Thapa

    यहराम हो किटिलाइ केटा मन परो केटालाइकेटिमन परो खातेहो केटाको घरतोडफोड गने तिमी हरुकोहो तेरो बाउ सारुकखान लेनि हिद्व केटि लगेकोछत एक बाउले जन म दियको होभने सारुक खानको घरतोडफोडगरेर देखावत खातेका भस मासुरहो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
ब्युटी प्याजेन्ट बलात्कार घटनाः एसएसपीको नेतृत्वमा छानविन समिति गठन
नेविसंघको विवादका कारण महासमिति बैठक  अनिश्चित
नेविसंघको विवादका कारण महासमिति बैठक अनिश्चित
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
नेपाल एयरलाइन्सले अहिलेसम्म तिर्‍याे ६ अर्ब ३२ करोड ऋण
शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग
आजको राशिफल
आजको राशिफल
भदौ १५ गते आइतबारको राशिफल यस्तो छ
वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित
वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

तपाईंले छुटाउनुभयो कि?