आजको राशिफल

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष ९, २०७९
|
१
|
५१ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार व्यवसायबाट लाभ मिल्नेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुँदै जानेछ । परिवारको साथ सहयोगले कार्ययोजना सफल हुनेछ । यात्राबाट फाइदा हुनेछ । आज यात्राका लागि सूर्योदयपछि मात्र निस्कनु वेश हुनेछ । शनिदेवको आरधना गर्नु उत्तम हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका लागि आजको दिन अर्थलाभ हुनेछ । व्यापारबाट फाइदा हुनेछ । सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आज कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ । कसैलाई पनि अपमान हुने काम नगर्नुहोला । सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । मिथुन राशिमा जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कसैसँग विवाद भयो भने हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । बिहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला । आजको दिन कसैसँग विवाद हुने काम नगर्नु होला । सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट आर्थिक लाभ समेत हुनसक्नेछ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आज आफन्तसँग सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुने योग रहेको छ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

कुनै कामको शुरुवात गर्नुभएको छ कार्यसम्पादनमा मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ । आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र सम्भावना हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दापछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्म सेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

देवालय र शिवालयको यात्राले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खानेकुरा दिनुभयो भने उत्तम रहनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्यात्मिक कार्यमा आजको समय व्यतित गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा पुग्नेछ । आजको दिन आफन्तजनसँगको भेटघाटले मनमा खुसियाली छाउनेछ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट आत्मिक शक्ति प्राप्त हुँदै जानेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    gate账户

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवराज सिलवाल पक्राउ गर्ने, तत्काल पक्राउ गर्न प्रहरी प्रमुख अर्यालको निर्देशन ललितपुर प्रहरीलाई
पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ पूर्जी जारी
पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ पूर्जी जारी
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित
३ दिनमै गोरो हुन मन छ ? अप्नाउनुहोस् यी उपाय
३ दिनमै गोरो हुन मन छ ? अप्नाउनुहोस् यी उपाय
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  आयोजना हुँदै ।
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ आयोजना हुँदै ।
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
तातिदै समाजवादी पार्टी, ७ प्रदेशमा आमसभा गर्दै
तातिदै समाजवादी पार्टी, ७ प्रदेशमा आमसभा गर्दै
प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध
प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

तपाईंले छुटाउनुभयो कि?