बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको राससलाई जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टरस्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४ः३१ बजे सुवेडा केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केल, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर पाँच रेक्टर स्केल र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ ।

यसैगरी गयराति १२ः१६ बजे दामेना केन्द्रविन्दू भएर चार दशमलव एक, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव तीन र आज बिहान ५ः४३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने ।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
राष्ट्रिय अर्थतन्त्रको आकार रु ५३ खर्ब ८१ अर्ब ३४ करोड
शिवराज नगरपालिका भित्रका बासिन्दाले  घरमा शौचालय नबनाए सुविधा नपाउने
शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए सुविधा नपाउने
पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको यातायात सेवा अवरुद्ध
पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको यातायात सेवा अवरुद्ध
चिर शान्ति आधारभुत बिद्यालयलाई कम्प्युटर सहयोग
चिर शान्ति आधारभुत बिद्यालयलाई कम्प्युटर सहयोग
किसानको नाममा आएको बजेटमा परामर्शदाताको रजाईँ
किसानको नाममा आएको बजेटमा परामर्शदाताको रजाईँ
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश
कोशी प्रदेशका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश
नेपाल टेलिभिजनको ओरालो यात्रा, आधुनिक उपकरण प्रयोगमै ल्याइँदैन
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु
प्रेस काउन्सिल पत्रकारिता पुरस्कार सार्वजनिक
प्रेस काउन्सिल पत्रकारिता पुरस्कार सार्वजनिक