त्रिपालको छानो बनाएर सुत्छन् कैदीबन्दी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
त्रिपालको छानो बनाएर सुत्छन् कैदीबन्दी

सारांश

  • कञ्चनपुर, ४ असोज ।
  • वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् ।
  • पुराना भवन मर्मत सम्भारको कार्य नहँुदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।

कञ्चनपुर, ४ असोज । वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहँुदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।भवनमा वर्षौं पहिले लगाइएका इँटासमेत खिइएर झर्न थालेका छन् । पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दीले बताएका छन् । आर्थिक अभावले कारागारका जीर्ण भवनमर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख श्यामराज भट्टले बताउनुभयो ।

भवन निकै पुराना भएकाले छत चुहिन्छ उहाँले भन्नुभयो, “फर्स तलबाटसमेत पानी आउने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” “उत्तर पूर्वतर्फको बुर्जाघरमा चट्याङ परेर भत्केको धेरै भयो । मर्मत गर्ने पैसा नहँुदा त्यतिकै रहेको छ । महिला कैदीबन्दी बस्दै आएको भवनको भान्सा घरको छानासमेत खस्ने अवस्थामा छ” उहाँले भन्नुभयो ।कारागार विभागबाट थोरै बजेट आउँदा कैदीबन्दीको स्वास्थ्योपचार र खाना खर्चका लागिसमेत सो रकमले नपुग्दा अन्य मर्मत सम्भार र निर्माणका कार्य हुन नसकेको उहाँको भनाइ छ ।

कारागारमा पुरुष कैदीबन्दी ७५ र महिला कैदीबन्दी २० गरी ९५ जना राख्ने क्षमता रहेकोमा अहिले कारागारमा पुरुष कैदीबन्दी २७७ र महिला कैदीबन्दी १८ गरी २९५ कैदीबन्दी राखिएका छन् । कैदीबन्दीलाई सुत्नका लागि व्यवस्था नहुँदा ग्यालरी र टिनसेटमा सुत्ने गरेका छन् ।खानेपानी र शौचालयमा जानका लागिसमेत कैदीबन्दीले पालो पखर्नुपर्ने अवस्था रहेको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।” कैद मुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको भनाइ छ । विसं २०३२ मा स्थापना भएको कारागार पाँच बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ नागरिकलाई घरदैलौ स्वास्थ्य परीक्षण
ज्येष्ठ नागरिकलाई घरदैलौ स्वास्थ्य परीक्षण
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित
सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित
खाना खाने र दिने दुवै निर्वस्त्र हुनुपर्ने अचम्मकाे रेष्टुरेन्ट !
खाना खाने र दिने दुवै निर्वस्त्र हुनुपर्ने अचम्मकाे रेष्टुरेन्ट !
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
के युवाहरूले काेराेना भाइरसकाे चिन्ता लिनुपर्छ ?
के युवाहरूले काेराेना भाइरसकाे चिन्ता लिनुपर्छ ?
लहानबाट चिकित्सक अपहरण: खोजी कार्य तीव्र
लहानबाट चिकित्सक अपहरण: खोजी कार्य तीव्र
महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ
महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा