मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’

सारांश

  • काठमाडौँ।
  • सर्वसाधारण तथा शुभेच्छुकले ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दूरगामी योजना बनाउनसक्ने नयाँ सोच भएका विकासवादी नेताको रुपमा स्मरण गरेका छन्।
  •   उनीहरुले मन्त्री अधिकारी राजनीति र विकासलाई एकैसाथ अघि बढाउन सक्ने र विमति राख्ने शक्तिसँग पनि समन्वय गरी निकास निकाल्न सक्ने क्षमता भएका व्यक्तिको रुपमा सम्झिए।
काठमाडौँ। सर्वसाधारण तथा शुभेच्छुकले ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दूरगामी योजना बनाउनसक्ने नयाँ सोच भएका विकासवादी नेताको रुपमा स्मरण गरेका छन्। 
उनीहरुले मन्त्री अधिकारी राजनीति र विकासलाई एकैसाथ अघि बढाउन सक्ने र विमति राख्ने शक्तिसँग पनि समन्वय गरी निकास निकाल्न सक्ने क्षमता भएका व्यक्तिको रुपमा सम्झिए। 
उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणकी कर्मचारी ललितपुरकी देवीमायाँ खड्काले अहिलेसम्म आएका मन्त्रीहरुमध्ये केही गर्नुपर्छ, नयाँ काम देखाउनुपर्छ भन्ने व्यक्तिले छाडेर गएको भन्दै दुःख प्रकट गरे। 
आँखामा टिलपिल आँशु बगाउँदै खड्काले स्मरण गरे, “देशलाई समृद्ध पार्नुपर्छ भनेर लाग्ने उहाँले विमानस्थलको मुहार फेरेर हेर्न लायक बनाउनुभएको छ, विज्ञापन हटाएर एकीकृत गर्नुभयो, धेरै परिवर्तनका शुरुआत गर्नुभएको थियो, सबै अधुरै रहयो।” 
उनले थपे, “दिवङ्गत हुनुभएका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया पनि केही गरौँ भन्ने भावनाको हुनुहुन्थ्यो।” 
काठमाडौँका नवराज पोखरेलले मन्त्री अधिकारी केही गर्छु भन्ने भावना बोकेको युवा नेताको रुपमा सम्झँदै भने, “उहाँले नै यातायातमा विद्यार्थी छुटको कार्यक्रमलाई अगुवाइ गर्नुभएको थियो।” 
सानैदेखि राजनीतिक गतिविधिमा चासो राख्ने मन्त्री अधिकारी विद्यालयमा अनेरास्ववियु, रेडक्रस र क्लबमा संलग्न भएर विद्यार्थीलाई निःशुल्क कोचिङको व्यवस्था, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायत माध्यमबाट राजनीतिक जागरणका गतिविधिमा क्रियाशील रहन्थे। मन्त्री अधिकारीको योगदानको स्मरण गर्दै शुभेच्छुक लक्ष्मी खड्काले युवा वर्गलाई अगाडि बढाउनुपर्छ भन्ने सोच राख्ने राजनीतिज्ञ गुमाएको प्रतिक्रिया दिइन्। 
पेशागत महासङ्घ नेपालका सभामुख किशोरकुमार नेपालीले पर्यटन क्षेत्रमा कसैले गर्न नसकेको काम मन्त्री अधिकारीले गरेको स्मरण गर्दै विकासवादी नेता भएकाे बताए। नेपालीले समृद्ध नेपाल कसरी बन्न सक्छ भन्ने चिन्तामा डुब्ने मन्त्रीले नेपालका ठूला विमानस्थल निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गरे। 
विसं २०७४ को सङ्घीय संसद्मा कास्की क्षेत्र नं २ बाट निर्वाचित मन्त्री अधिकारी विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए उनले सार्वजनिक लेखा समितिलगायत विभिन्न उपसमितिमा रहेर विकृतिविरुद्धको नेतृत्व गरेका थिए। उहाँले संविधानसभामा राष्ट्रियहित संरक्षण समिति र युवाको दबाब समिति निर्माण गरी संविधानसभा निर्माणमा निरन्तर खबरदारी गरका थिए।
पाल्पाका हीरा नेपाल मन्त्री अधिकारीले विद्यार्थी राजनीति गर्दा आफूले शिक्षकको राजनीति गरेको सम्झँदै भने, “मेरो ३० वर्षे पुरानो चिनजान थियो, देशले एउटा भरोसा लाग्दो व्यक्ति गुमाउनु पर्यो ।” उनले विकासवादी नेताको रुपमा अधिकारीलाई चिनेको उल्लेख गरे। 
संविधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रिय सीमाका विषयमा उपसमितिको नेतृत्व गरेका  उनी विसं २०७० को चुनावपछि संसद्को विकास समितिमा सभापति बने। संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाइ दिने अधिकारीले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशील रहँदै आएका थिए। 
श्रद्धाञ्जलिका लागि टुँडिखेल पुग्नुभएका जगन्नाथ खतिवडाले विविध क्षेत्रमा योगदान दिएका राष्ट्रको विकासका सम्वाहक गुमाएको स्मरण गरे। रासस 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा विश्व वातावरण दिवस मनाइयो
ललितपुरमा विश्व वातावरण दिवस मनाइयो
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
Ways to Date a girl in Her 40s – Tips For Achievement
सलमान खानले नेपालीलाई गरे स्वागत गर्न आग्रह
विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान
राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत सुरु (लाइभ भिडियो)
राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत सुरु (लाइभ भिडियो)
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै

तपाईंले छुटाउनुभयो कि?