त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०८०
|
|
५४ पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।
  • त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
अपराध महाशाखाको ‘हिट लिस्टमा’ यि गुण्डा नाइकेहरु , पुर्व एआइजीका पार्टनर पनि सुचीमा
मेलम्चीका हावादारी गफ, यो दशैँमा सम्भावना छैन
मेलम्चीका हावादारी गफ, यो दशैँमा सम्भावना छैन
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
अदालतद्वारा बसपार्क नभत्काउन आदेश
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने (फोटोसििहत)
स्वास्थ्य मन्त्रालयमा ब्रम्हलुटः कमिसन खान हचुवामा खरिद
स्वास्थ्य मन्त्रालयमा ब्रम्हलुटः कमिसन खान हचुवामा खरिद
ब्राउन सुगरसहित ४ जना पक्राउ
ब्राउन सुगरसहित ४ जना पक्राउ
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो

तपाईंले छुटाउनुभयो कि?