त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

सारांश

  • काठमाडाैं।
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ।
  • विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए।

काठमाडाैं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ। विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए।
 
त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। “हामीले आङ्गिक क्याम्पसलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएका छौँ”, उनले भने, “सम्बन्धन प्राप्त क्याम्पसले पनि सूचना जारी गरेर तयारी गर्न निर्देशन दिन्छौँ।” क्याम्पसले नै निर्वाचनका लागि निर्वाचन कमिटी बनाउने गर्दछ।

उनका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ। त्रिविका ६२ आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन्। प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन।

विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो। विसं २०७३ मा भएको स्ववियु निर्वाचन २५० मात्र क्याम्पसमा भएको थियो। निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी,  अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणालीमा हुने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
पूर्वराजा ज्ञानेन्द्र तीन दिनदेखि धुलिखेलमा के गर्दैछन् ?
चोरीको मोवाइल र ल्यापटप सहित पक्राउ
चोरीको मोवाइल र ल्यापटप सहित पक्राउ
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
​ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
​ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
राजीनामा दिने तयारीमा स्वर्णिम वाग्ले
राजीनामा दिने तयारीमा स्वर्णिम वाग्ले
राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह

तपाईंले छुटाउनुभयो कि?