थाइल्याण्डमा प्रचा रथलाई धेरै मत, फेउ थाईका धेरै सांसद विजयी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
थाइल्याण्डमा प्रचा रथलाई धेरै मत, फेउ थाईका धेरै सांसद विजयी

सारांश

  • थाइल्याण्डमा गत आइतबार भएको मतदानबाट पालङ प्रचा रथ पार्टीले सवैभन्दा धेरै मत पाएको छ ।
  • निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार पालङ पार्टीले सवैभन्दा धेरै मत पाएपनि फिउ थाइ पार्टीले सवैभन्दा धेरै सिटमा जित हासिल गरेको छ ।
  • देशभरको मतगणना सम्पन्न भएपछि आयोगले पालङ पार्टीले ८४ लाख ३० हजार मत प्राप्त गरेको छ भने त्यसलाई पछ्याउदै फिउ थाइ पार्टीले ७९ लाख २० हजार मत पाएको छ ।

थाइल्याण्डमा गत आइतबार भएको मतदानबाट पालङ प्रचा रथ पार्टीले सवैभन्दा धेरै मत पाएको छ ।

निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार पालङ पार्टीले सवैभन्दा धेरै मत पाएपनि फिउ थाइ पार्टीले सवैभन्दा धेरै सिटमा जित हासिल गरेको छ ।

देशभरको मतगणना सम्पन्न भएपछि आयोगले पालङ पार्टीले ८४ लाख ३० हजार मत प्राप्त गरेको छ भने त्यसलाई पछ्याउदै फिउ थाइ पार्टीले ७९ लाख २० हजार मत पाएको छ ।

मतका आधारमा तेस्रो भएको फ्युचर फरवार्ड पार्टीले ६२ लाख ६० हजार मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

त्यसैगरी डेमोक्रेट्स पार्टीले ३९ लाख ४० हजार मत ल्याउँदा भुम्जै थाई पार्टीले ३७ लाख ३० हजार मत पाएको छ ।

पार्टी तर्फको मत प्रचा रथले सवैभन्दा धेरै पाएपनि सांसद नै विजयी हुनेको संख्या भने फिउ थाईको सवैभन्दा बढी रहेको छ ।

कुल पाँच सय सीटमा फिउ थाइले सवैभन्दा धेरै अर्थात् १३७ सिटमा जित हासिल गरेको छ भने पालङ प्रथा रथले ११८ सिट जितेको छ ।

त्यसैगरी फ्युचर फरवार्ड पार्टीले ८८ सिट जित्दा डेमोक्र्याटस् र भुम्जै थाई पार्टीले पचास भन्दा बढी मात्रै सिटमा विजयी भएको छ ।

थाइल्यान्डको संसदको तल्लो सदनमा ३५० जना प्रत्यक्ष निर्वाचित र १५० जना पार्टीबाट निर्वाचित गरी ५०० जना सांसद रहन्छन् भने माथिल्लो सदनमा २५० जना सेनाले मनोनीत गर्ने व्यवस्था रहेको छ । केही बर्ष अगाडि सेनाले नै बनाएको संविधानमा २५० जना सेनाले सांसद मनोनीत गर्ने व्यवस्था गरिएको हो ।

सन् २०१४ मा भएको सैनिक “कू” पछि थाइल्याण्डमा गत आईतबार पहिलो पटक आम निर्वाचन भएको हो ।
पटक पटक सरेर भएको निर्वाचनको निष्पक्षता र बैधानिकता माथी भने विभिन्न क्षेत्रबाट अहिले पनि प्रश्न उठाइएको छ ।

पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा, कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतले मतदान र मतगणनामा त्रुटी रहेको दावी गरेका छन् । उनीहरुले देशव्यापी रूपमा मतदाताहरुलाई लोभ, त्रास र प्रभावमा पारेको बताएका छन् ।

विवादकाबीचमा पनि नतिजा सार्वजनिक भएको छ भने सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् ।
सवैभन्दा धेरै सिटमा विजयी हासिल गरेको फिउ थाइ पार्टीकै नेतृत्वमा गठबन्धन गराइएको हो । गठबन्धनमा स्वेच्छीक निर्वासनमा रहनु भएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टी सहित अन्य छ पार्टी रहेका छन् ।

सो गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा सुदारात केयुराफानलाई अगाडि सारिएको छ । गठबन्धनले छिट्टै नै सरकार बनाउने प्रयास गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?