दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २४, २०८०
|
|
४७ पटक हेरिएको
Shares
दक्षिण अफगानिस्तानमा ७७ किलो हेरोइनसहित एक जना पक्राउ

सारांश

  • काबुल ।
  • दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
  • अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

काबुल । दक्षिण अफगानिस्तानको उरुज्गान प्रान्तबाट प्रहरीले ७७ किलो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले ७७ किलो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

पछिल्लो २४ घण्टामा उरुज्गान प्रान्तबाट लागुऔषधसहित ती व्यक्ति, पूर्वी खोस्त प्रान्तबाट थप तीन जना र परवान प्रान्तबाट एक जना लागुऔषध तस्करलाई पक्राउ गरिएको कानीले बताए ।
प्रवक्ताले थप विवरण नदिइकन प्रहरीले पक्तिका र परवान प्रान्तमा लागुऔषध विरोधी अभियान अन्तर्गत २०० एकड अफिम पनि नष्ट गरेको बताए ।

अफगानिस्तानको राजधानी काबुल शहरमा पछिल्लो २४ घण्टामा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै हेरात प्रान्तमा पछिल्लो एक सातामा करिब एक दर्जन लागुऔषध तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।

अफगानिस्तानको कार्यवाहक प्रशासनका सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजादाले गत वर्ष अप्रिलमा जारी गरेको आदेशमा अफिमलगायत अवैध बालीको खेती, लागूऔषध प्रशोधन र ओसारपसारमा प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
स्थानीय निर्वाचन र संविधानमाथि छलफल गर्न पूर्व प्रधानमन्त्रीहरु एकै थलोमा भेला हुने
१५ लाखको अक्षयकोष स्थापना
१५ लाखको अक्षयकोष स्थापना
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने
डाबोसबाट प्रधानमन्त्री ओली फर्किए, गोविन्द केसीको नामै लिन चाहेनन्
डाबोसबाट प्रधानमन्त्री ओली फर्किए, गोविन्द केसीको नामै लिन चाहेनन्
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह
पाल्पामा बस दुर्घटना, बाह्रको मृत्यु
द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने
द्वन्द्वकालीन आयोगमा पदाधिकारी चयन गर्न समिति बनाइने
अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छ : अध्यक्ष ओली
अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छ : अध्यक्ष ओली
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल

तपाईंले छुटाउनुभयो कि?