मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !

सारांश

  • काठमाडाै, १५ जेठ ।
  • आर्थिक वर्ष २०७५/०७६ को बजेट स्वीकृत गर्नका लागि मन्त्रीपरिषद बैठक मंगलबार दिउँसो २ बजे  बस्ने भएकाे छ ।
  • अर्थमन्त्री डा युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

काठमाडाै, १५ जेठ । आर्थिक वर्ष २०७५/०७६ को बजेट स्वीकृत गर्नका लागि मन्त्रीपरिषद बैठक मंगलबार दिउँसो २ बजे  बस्ने भएकाे छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण गरिसकेको छ । मंगलबार  बिहान अन्तिम रुप दिएर बजेट छाप्न पठाइएको छ ।

मन्त्री परिषदको बैठकमा अर्थमन्त्री खतिवडाले बजेटको बारेमा जानकारी दिनेछन । र, मन्त्रिपरिषदले स्वीकृत गरेपछि अर्थमन्त्री बजेटको ब्रिफिङ गर्न राष्ट्रपतिकहाँ जान्छन् । त्यसपछि सीधै बानेश्वरस्थित संसद भवन गएर अपरान्ह ४ बजे बजेट सार्वजानिक गर्नेछन् ।

दुइतिहाइ नजिक रहेको कम्युनिष्ट सरकारले निजी क्षेत्रलाई भन्दा सहकारीलाई बढी प्राथमिकतामा राखेको छ । आर्थिक विकासमा सहकारीको भूमिकालाई उच्च प्राथमिकतामा राखिएको बजेट निर्माणमा संलग्न अधिकारीहरु बताउँछन् ।

‘निजी क्षेत्रको भूमिकालाई पनि खुम्च्याइएको चाहीँ छैन, तर सहकारिको भूमिकालाई बढाइएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘धेरै काम सहकारीले नै गर्ने भनिएको छ ।’ सहकारीका माध्यमबाट समानुपातिक आर्थिक विकास र समतामूलक समाज निर्माण गर्न सकिने अर्थमन्त्रीको बुझाइ छ ।
‘सहकारीले काम गर्न पाउने दायरा बढाइएको छ,’ स्रोतले भन्यो, ‘के के बढाइएको छ भनेर अहिल्यै भन्न मिल्दैन । साँझ थाहा पाइहाल्नुहुन्छ नि ।’

२०५१ सामा तत्काली अर्थमन्त्री भरतमोहन अधिकारीले पनि सहकारीलाई विशेष प्राथमिकता दिँदै बजेट ल्याएका थिए । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा रोजगारी,’ एमाले सरकारको नारा नै थियो ।
अर्थमन्त्री डा खतिवडाले पनि सार्वजानिक कार्यक्रमहरुमै सहकारीलाई बढी सक्रिय गराउने किसिमका अभिव्यक्तिहरु दिँदै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुन्य समयमा  सांसदले  उठाए मल, बीउ र सडक निर्माणको समस्या
शुन्य समयमा सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो
जनकपुरमा बन्ने प्रसुति गृहका लागि अमेरिकाको १ अर्ब अनुदान
जनकपुरमा बन्ने प्रसुति गृहका लागि अमेरिकाको १ अर्ब अनुदान
बैशाख २८ गते आइतबारको राशिफल यस्तो छ
बैशाख २८ गते आइतबारको राशिफल यस्तो छ
नेकपाकाे बेठकले सांसद रामबीर मानान्धरबारे यस्ताे गर्याे निर्णय
नेकपाकाे बेठकले सांसद रामबीर मानान्धरबारे यस्ताे गर्याे निर्णय
आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान
मेट्रो रेल चलाउन पुग्ने विद्युत जोहो गर्छौं: कुलमान
आज दलहरुलाई समानुपातिकतर्फको सूचि माग्दै, कसको कति सिट! नयाँ सरकार गठनको बाटो खुल्ने

तपाईंले छुटाउनुभयो कि?