बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
५४ पटक हेरिएको
Shares
बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता

सारांश

  • काठमाडौँ ।
  • चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।
  • बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

काठमाडौँ । चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए ।

“बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुन् । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौँ”, श्रेष्ठले भने ।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार सङ्घ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता सङ्गठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उनीहरु सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय  परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति तय परराष्ट्रमन्त्री महराले, संसदलाई जानकारी गराए
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
सेनाको हेलिकप्टर दुई दिनदेखि बाटोमै, घाइतेको बिजोग
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
चितवनमा प्रचण्डको आक्रोशः नेताहरुलाई जथाभाबी बोल्न आवश्यक छैन
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण
अाकस्मिक हृदयघात कसरी हुन्छ ? प्रकाश दाहालको मृत्युको कारण ?
अाकस्मिक हृदयघात कसरी हुन्छ ? प्रकाश दाहालको मृत्युको कारण ?
चिकित्सक तथा कर्मचारीले बिदा नपाउने !
चिकित्सक तथा कर्मचारीले बिदा नपाउने !
काे बन्ला पाकिस्तानकाे राष्ट्रपति ?
काे बन्ला पाकिस्तानकाे राष्ट्रपति ?

तपाईंले छुटाउनुभयो कि?