‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ५, २०७९
|
|
५० पटक हेरिएको
Shares
‘दक्ष जनशक्तिलाई स्वदेशमै रोकौँ’

सारांश

  • लुम्बिनी ।
  • बुटवलका शिक्षण संस्थामा अध्ययन गरेका जनशक्तिलाई विदेश जानबाट रोक्न तीन तहकै सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।
  • बुटवल उपमहानगरपालिकाले आज नगरभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग गरेको छलफलका वक्ताले देशमा हाल उपलब्ध जनशक्तिकै खपत हुन नसकेकाले यस्ता दक्ष जनशक्तिसमेत विदेश पलायन हुन बाध्य भएको बताए ।

लुम्बिनी । बुटवलका शिक्षण संस्थामा अध्ययन गरेका जनशक्तिलाई विदेश जानबाट रोक्न तीन तहकै सरकारले आवश्यक योजना बनाउनुपर्नेमा जोड दिइएको छ ।

बुटवल उपमहानगरपालिकाले आज नगरभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग गरेको छलफलका वक्ताले देशमा हाल उपलब्ध जनशक्तिकै खपत हुन नसकेकाले यस्ता दक्ष जनशक्तिसमेत विदेश पलायन हुन बाध्य भएको बताए । उनीहरूलाई स्वदेशमै राख्न आवश्यकपर्ने नीति तथा कार्यक्रम तीनै तहका सरकारले ल्याउनुपर्नेमा जोड दिइएको हो ।

सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरूले बुटवल शिक्षाको क्षेत्रमा अग्रणी रहेको भन्दै उपलब्ध जनशक्तिलाई खपत गर्ने नीति ल्याउनुपर्ने बताए । उनीहरूले बुटवलभित्रका सामुदायिक विद्यालयका शैक्षिकस्तर सुधार गर्दै देशमै उदाहरणीय नगरका रुपमा स्थापित गर्न साथ दिने बताए ।

संस्थागत विद्यालयका अगुवाहरूले विद्यालयले स्तरीय शिक्षा प्रदान गर्न करोडौँ लगानी गरे पनि लगानी सुरक्षित हुने र अभिभावकले जिम्मेवारी बोध गर्ने वातावरण बिग्रँदै गएको भन्दै सरकारी नीतिमा सुधार ल्याउनुपर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शिक्षा क्षेत्रमा थप सुधार ल्याउन सार्वजनिक र संस्थागत विद्यालयले अझै मेहनत गर्नुपर्ने बताए । बुटवल शैक्षिक हबका रुपमा चिनिए पनि बजारले माग गरेअनुसार सीप र प्राविधिक क्षेत्रमा कमजोर रहेकाले आगामी दिनमा सुधार गर्दै जानका लागि प्राविधिक शिक्षामा जोड दिन उनले आग्रह गरे ।

उनले सामुदायिक र संस्थागत विद्यालयहरूले किताबी ज्ञानका साथसाथै अनुशासनमा जोड दिनुपर्ने र कुलतमा फस्नबाट जोगाउने गरी नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए ।

(https://www.curlygirldesign.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्दो जन्मदर रोक्न जापान सरकारको डिजिटल डेटिङ: एआई एपको माध्यमबाट २६५ जोडीले गरे विवाह
घट्दो जन्मदर रोक्न जापान सरकारको डिजिटल डेटिङ: एआई एपको माध्यमबाट २६५ जोडीले गरे विवाह
जुवा तास खेल्ने पक्राउ
जुवा तास खेल्ने पक्राउ
प्रचण्डमाथि पार्टी फुटाउन खोजेको आरोप
प्रचण्डमाथि पार्टी फुटाउन खोजेको आरोप
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
आजका दैनिक पत्रपत्रिकाले सरकारको राजनीतिक नियुक्ति खारेजलाई दिए प्राथमिकता
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान
नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल
नियमन भनेको नियन्त्रण होइन : अध्यक्ष सिलवाल
गोरखाको विकास बाबुरामले होइन, माओवादीले गरेको होः श्रेष्ठ
गोरखाको विकास बाबुरामले होइन, माओवादीले गरेको होः श्रेष्ठ
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन

तपाईंले छुटाउनुभयो कि?