दमकमा राप्रपा (प्र)का उम्मेदवार सिफारिस

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
३० पटक हेरिएको
Shares
दमकमा राप्रपा (प्र)का उम्मेदवार सिफारिस

सारांश

  • दमक, ३१ असोज  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ ।
  • उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिएको छ ।
  • जिल्ला समितिको हालै सम्पन्न बैठकले दलबीच सहमतिबमोजिम गठबन्धन भएर निर्वाचनमा जानु परे प्रस्तावित नामावली फिर्तासँगै गठबन्धन भएर अघि बढ्नुपर्ने समेत निर्णय गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दमक, ३१ असोज  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ ।

उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिएको छ ।

जिल्ला समितिको हालै सम्पन्न बैठकले दलबीच सहमतिबमोजिम गठबन्धन भएर निर्वाचनमा जानु परे प्रस्तावित नामावली फिर्तासँगै गठबन्धन भएर अघि बढ्नुपर्ने समेत निर्णय गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले सार्वजनिक गरेको उम्मेदवारको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं १ मा घनश्याम लामिछाने, २ मा मनोजकुमार बोहोरा, ३ मा रोहितचन्द्रसिंह राजवंशी, ४ मा गजबहादुर भण्डारी र ५ मा जयबहादुर श्रेष्ठ रहनुभएको छ ।

यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा शिवकुमार चौहान, १ कै २ मा दीपेश राई, क्षेत्र नं २ मा लक्ष्मीप्रसाद ढकाल, २ कै २ मा भने ओमप्रकाश मिश्र, क्षेत्र नं ३ (१) मा धर्मेशचन्द्रसिंह राजवंशी, (२ ) मा देवेन्द्रराज कन्दङ्वा, क्षेत्र नं ४को (१) मा इन्द्रबहादुर बस्नेत, २ मा चन्द्रबहादुर योङ्या र ५ को १ मा देवेन्द्रकुमार खड्का र (२) मा विष्णुबहादुर धिमाल उम्मेदवार बन्नुहुने भएको छ ।

(Topamax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?