दम्पती मृत फेला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १२, २०७४
|
|
६१ पटक हेरिएको
Shares
दम्पती मृत फेला

सारांश

  • श्रावण १२, २०७४- धुलिखेल–८ बडालगाउँमा एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् ।
  • ३२ वर्षिय भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीय मनिषा दाहाल रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए ।
  • काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत मनिषालाई सोमप्रसादले १ वर्ष अघि मात्रै विवाह गरेका थिए ।

श्रावण १२, २०७४- धुलिखेल–८ बडालगाउँमा एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् । ३२ वर्षिय भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीय मनिषा दाहाल रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए ।

काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत मनिषालाई सोमप्रसादले १ वर्ष अघि मात्रै विवाह गरेका थिए । स्थानीयका अनुसार, बुधबार बेलुका जेठी श्रीमती टिकामाया बडाललाई खाना बनाउँदै गर्नु भनेर निस्किएका उनीहरु घरबाट २ सय मिटर तल वनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

जेठी श्रीमती टिकामाया बुधबार श्रीमानले हेरचाह नगरेको भन्दै उजुरी दिन जिल्ला प्रहरी कार्यलय काभ्रे आएकी थिइन् । थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?