आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाए ‘गोरे’ ले

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाए  ‘गोरे’ ले

सारांश

  • काठमाडौं, ८ जेठ ।
  • सुन तस्करीका ‘नाइके’ चूडामणि उप्रेती ‘गोरे’को पक्राउसँगै यस काण्डमा केही नेताहरुसमेत तानिन सक्ने सम्भावना रहेको थाहा भएको छ।
  • सुन तस्करीमा लगानी गर्ने र संरक्षण गर्ने राजनीतिक समूहमाथि पनि छानबिन समितिले अनुसन्धान अघि बढाउने भएको समाचार सूत्रले बताएको छ।

काठमाडौं, ८ जेठ । सुन तस्करीका ‘नाइके’ चूडामणि उप्रेती ‘गोरे’को पक्राउसँगै यस काण्डमा केही नेताहरुसमेत तानिन सक्ने सम्भावना रहेको थाहा भएको छ।

सुन तस्करीमा लगानी गर्ने र संरक्षण गर्ने राजनीतिक समूहमाथि पनि छानबिन समितिले अनुसन्धान अघि बढाउने भएको समाचार सूत्रले बताएको छ।

यसैगरी छानबिन समितिसँग गोरेले सेटिङ मिलाएरै आफूले सुन तस्करी गरेको स्वीकार गरेका छन्। उनले अदालतमा बयान दिईसकेपछि राजनीतिक दलका केही संलग्न नेता र प्रहरी अधिकारी समेतको नाम सार्बजनिक हुने सूत्रले बताएको छ। गोरे प्रहरी अधिकारीहरुलाई आफूले पैसा दिएको बयान दिएमा हाल हिरासतमा रहेका प्रहरी अधिकारी जेल जाने छन्।

गोरेको गिरफ्तारीपछि उत्साहित बनेको छानबिन समितिले अनुसन्धानले नयाँ मोड लिएको  र यसको सबै पक्ष चाँडै पटाक्षेप हुने विश्वास लिएको एक सदस्यले बताएका छन्। उनले गोरे पक्राउपछि आफूहरुको अनुसन्धानलाई थप बलियो बनाएको र थप रहस्यहरु खुल्ने बताए।

गोरेले छानबिन समितिसँगको बयानमा आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको स्वीकारेका हुन्। तर, आफू मुख्य तस्कर नभई मुख्य व्यवस्थापक भएको बताएका छन्। स्रोतका अनुसार गोरेले लगानी गर्ने व्यापारीहरु तथा सहयोग गर्ने प्रहरीहरुको पनि नाम लिएका छन्।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका सहसचिव ईश्वरराज पौडेलले गोरे पक्राउ परेपछि थप तथ्यहरु खुलेको र त्यससँगै अनुसन्धानले थप गति लिने बताए।

गोरेले प्रहरी र विमानस्थलका कर्मचारीलाई पैसा दिएको स्वीकारेका छन्। उनले आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाएको स्रोत बताउँछ।

यसअघि डायरीमा लेखेर पैसा बाँडिएका प्रहरीलाई मात्र छानबिन समितिले डाकेर बयान लिएको थियो। उनीसँग धेरै प्रहरी अधिकारीहरुको फोन सम्पर्क देखिएकाले अब उनीहरुतर्फ पनि अनुसन्धान अघि बढ्ने स्रोत बताउँछ।

शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके मानिएका गोरेलाई आज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको थियो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइएको छ।

गोरेलाई आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको छानबिन समितिका पौडेललेले जानकारी दिए। यसअघि प्रहरी स्रोतले गोरेलाई भारतबाट पक्राउ गरेर ल्याइएको जनाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा
काठमाडौँ उपत्यकामा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा
पूर्व प्रेमि–प्रेमिकालाई सम्झेर रुदाँ शरिरको तौल कम हुने
पूर्व प्रेमि–प्रेमिकालाई सम्झेर रुदाँ शरिरको तौल कम हुने
विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग
विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
विश्वासको मत र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दलमा एकमत
अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको संलग्नता
अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको संलग्नता
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
तीन सय पचपन्न मुद्दा फछ्र्योट
तीन सय पचपन्न मुद्दा फछ्र्योट
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !