असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १७, २०८०
|
|
५९ पटक हेरिएको
Shares
असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्।
  • मंगलबार काठमाडौंमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए। ‘असन्तुष्टि बढ्दै गएर आक्रोस बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले भने।

ओलीले देश भावनाले चल्ने विषय नभएको प्रष्ट पारे । ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ’, ओलीले भने।

माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उनले बताए। माओवादीले गलत गरेको कारण जनताले उसको साथ छाडेको ओलीको भनाइ छ।

ओलीले राजनीति लोकतन्त्रका लागि चाहिने र लोकतन्त्र देश विकास, जनताको हितका लागि आवश्यक रहेको बताए। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने उनले स्पष्ट पारे।

ओलीले आफू सम्पूर्ण रूपमा देश, जनता र लोकतन्त्र प्रति समर्पित भएको बताए। लोकतन्त्र स्वतन्त्रता मात्र नभएर आर्थिक, सामाजिक परिवर्तनको पक्ष पनि भएको उनले बताए। राजनीति आर्थिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित नभई लोकतन्त्र अघि नबढ्ने ओलीले बताए।

आफूले संसदमा बोल्दा देश प्रति र जनता प्रतिको निष्ठाका साथ बोल्ने गरेको ओलीले बताए। आफूले संसद्मा केही कुरामा असावधानी भएका भए पनि ठिक बिचारका साथ बोलेको उनले स्पष्ट पारे।

आफूले निष्ठाका साथ राजनीति गरेको उनले दाबी गरे। आफ्नो राजनीति जनता र सुशासन प्रति निष्ठाको धारमा अघि बढेको ओलीले बताए। देश र जनताका हितका निम्ति नै आफूले काम गरेको उहाँले प्रष्ट पारे।

ओलीले देश बनाउन सकिँदैन भन्ने कुरा गलत भएको बताउनुभयो । नेपाल भन्दा साना र ठुला सबै देशले प्रगति गरेका उनले सुनाए। नेपाल उर्वर भूमि भएकोले जसरी पनि बन्न सक्ने उनले बताए। त्यसकालागि राष्ट्रिय विश्वासको खाँचो भएको ओलीले औँल्याए। ‘हामीलाई राष्ट्रिय आत्मविश्वासको मात्र आवश्यकता छ’, उनले भने।

बाहिर गएर देश बनाउने नेपालीले आफ्नो देश बनाउन नसक्ने कुरै नआउने ओलीले बताए। युवा जनशक्ति अधिक भएको बेलामा देश बनाउनु पर्नेमा उनले जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवा अबुधाबीमा
प्रधानमन्त्री देउवा अबुधाबीमा
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण
नेपाल प्रहरीका डिआईजीलाई कोरोना संक्रमण
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
नेकपाको सचिवालय समिति वैठक बस्दै, सबै नेतालाई व्यस्त बनाउने तयारी
नेकपाको सचिवालय समिति वैठक बस्दै, सबै नेतालाई व्यस्त बनाउने तयारी
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति
पेरिसडाँडाको मुख्यालयका लागि प्रचण्डले दिए दुई करोड
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी
आफ्ना नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने एमाले अध्यक्षको चेतावनी

तपाईंले छुटाउनुभयो कि?