दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
सारांश
- नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ ।
- देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ता भर्खरे सम्पन्न भएको हो ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरुबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ता भर्खरे सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओली आफ्ना पार्टीका शीर्ष नेताहरु लिएर देउवा निवास पुगेका थिए । उनीहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा आफूहरुले वर्तमान सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने काम भएको विषय पनि उठाएको सुनाए । उनले भने,‘हामीले लुम्बिनी र गण्डकीको उदाहरण दियौं । प्रधानमन्त्रीले लोकतन्त्रको लागि हिजो कांग्रेस र एमालेले सँगै लडेको भन्नुभयो । तर, हामीले त त्योअनुसार व्यवहारमा आउनुपर्यो भन्यौं ।

प्रतिक्रिया