दलहरुको अडानमा राष्ट्रपति भण्डारी चेपुवामा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
दलहरुको अडानमा राष्ट्रपति भण्डारी चेपुवामा

सारांश

  • काठमाडौं ।
  • बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका एमाले अध्यक्ष केपी ओलीले ‘अध्यादेश राष्ट्रिय सहमति विपरित छ सरकारले जे पठायो राष्ट्रपतिले त्यो स्वीकार गर्नुहुन्न’ भनेपछि राष्ट्रिपति भण्डारी अफ्ठ्यारोमा परेकी छिन् ।
  • ‘राष्ट्रपति एमाले अध्यक्ष ओलीको इसारामा चल्नुभएको छ सरकारले नीतिभित्र रहेर अध्यादेश पठाउँदा पनि स्वीकृत भएन’ त्यसको जवाफमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई बाहिर आयो ।

काठमाडौं । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका एमाले अध्यक्ष केपी ओलीले ‘अध्यादेश राष्ट्रिय सहमति विपरित छ सरकारले जे पठायो राष्ट्रपतिले त्यो स्वीकार गर्नुहुन्न’ भनेपछि राष्ट्रिपति भण्डारी अफ्ठ्यारोमा परेकी छिन् ।

‘राष्ट्रपति एमाले अध्यक्ष ओलीको इसारामा चल्नुभएको छ सरकारले नीतिभित्र रहेर अध्यादेश पठाउँदा पनि स्वीकृत भएन’ त्यसको जवाफमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई बाहिर आयो ।

दलहरुबिच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा विवाद भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अप्ठ्यारोमा परेकी छिन् । वाम गठबन्धनले जनमतको कदर गर्न र अध्यादेश फिर्ता पठाउन आग्रह गरेको छ । सरकारले त्यो स्वीकृत नभएसम्म नयाँ सरकारका लागि मार्ग प्रसस्त नगर्ने बताइरहेको छ ।

राष्ट्रपति भण्डारीले दलीय सहमति गरेर आउन दुइटै पक्षलाई आग्रह गरेकी छन् । तर दलहरुबचि संवाद समेत नहुँदा दलीय सहमति गरे अध्यादेश स्विकृत गर्न सहज हुने निश्कर्षमा रहेकी राष्ट्रपति भण्डारीले अब के गर्ने ? निश्कर्ष निकाल्न सकेकी छैनन् । मन्त्रीपरिषद्ले पारित गरेको अध्यादेश स्विकृति गर्नु राष्ट्रपतिको कर्तव्य हुने भन्दै कानुनविद्हरुले पनि धारणा राखिरहेका छन् ।

राष्ट्रपति भण्डारी ५ दिन पर्खिने र त्यति बेलासम्म पनि सहमति नभए नयाँ विकल्पमा जाने निचोडमा पुगेकी छन् । स्रोतका अनुसार दलहरुसँग परामर्श थप गर्ने, उनीहरुबीच साझा संवाद गराउने र त्यसमा पनि सहमति नभए मात्रै के गर्ने भन्नेमा जाने तयारी छ ।

राष्ट्रपति भण्डारीका प्रेस सल्लाहाकार माधव शर्माले पनि अध्यादेशका बारेमा भएको विवाद कसरी मिलाउने भन्ने विषयमा राष्ट्रपति भण्डारी छलफलमा रहेको नै बताए । ‘राष्ट्रपतिज्यू छलफलमा हुनुहुन्छ उहाँको गम्भिर चिन्तामा पनि छ’ शर्माले भने, ‘आवश्यक परे सर्वदलिय छलफल समेत बोलाउने गरि तयारी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित
एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
कपिलवस्तुको समग्र चुनावी नतिजा यस्तो रह्यो
कपिलवस्तुको समग्र चुनावी नतिजा यस्तो रह्यो
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
राष्ट्रपतिलाई डिस्टर्ब भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे १९३ रोपनी जग्गा कब्जा
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह
प्रहरी सहायक निरीक्षकको प्रशंसनिय काम !
प्रहरी सहायक निरीक्षकको प्रशंसनिय काम !
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
उपसभामुख हटाउने अडानबाट ‘ब्याक’ हुने सत्तापक्षको संकेत
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा

तपाईंले छुटाउनुभयो कि?