दलाई लामाको जन्मदिन मनाउन रोक

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २१, २०७६
|
|
४६ पटक हेरिएको
Shares
दलाई लामाको जन्मदिन मनाउन रोक

सारांश

  • गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ।
  • तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो ।
  •  जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो ।

गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो । जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो ।

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेक पटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति नदिएको बताए । ‘तिब्बती समुदायले कार्यक्रम गर्न अनुमति मागेका थिए । गत वर्ष तिब्बती समुदायले जाउलाखेलस्थित तिब्बती शिविरमा कार्यक्रम गरेर लामाको जन्मोत्सव मनाएको थियो। गत वर्ष गृह मन्त्रालयले रोक लगाएको थिएन।

तिब्बती समुदायले लामाको जन्मोत्सव मनाउनु चीनविरोधी गतिविधि हुने निष्कर्ष निकाल्दै गृह मन्त्रालयले त्यस्ता कार्यक्रममा रोक लगाएको स्रोतले बतायो। धर्मगुरु लामाका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोले धर्मगुरुको जन्मोत्सव मनाउने कार्यक्रममा रोक लगाउनु दुःखद भएको टिप्पणी गरे।

‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको थिएन। धार्मिक आस्थाका कारण गर्न लागिएको कार्यक्रममा रोक लगाउनु आपत्तिजनक छ,’ ग्यात्सोले अन्नपूर्णसँग भने। धर्मगुरु लामाको जन्मोत्सव मनाउन नदिएर प्रशासनले नेपालमा रहेका तिब्बती समुदायको चित्त दुखाएको उनको भनाइ थियो। प्रशासनले कार्यक्रम गर्ने अनुमति नदिएपछि शरणार्थी कार्यालयले शुक्रबार अबेरसम्म आमन्त्रित

गरिएका विभिन्न मुलुकका राजदूतसहितका कूटनीतिज्ञलाई कार्यक्रम रद्द गरिएको जानकारी गराएको छ। तिब्बती शरणार्थी कार्यालयले कार्यक्रममा सहभागी हुन नेपालस्थित अमेरिका, बेलायत, जापान, युरोपेली मुलुकका राजदूतलाई निम्त्याएको थियो। ग्यात्सोले आफूहरूले नेपालको सबै कानुन मान्दै आएको बताए। उनले अन्नपूर्णसँग भने, ‘लामाको जन्मोत्सव

मनाउन नदिने सरकारी निर्णयपछि हामीले जन्मोत्सव मनाउने सबै कार्यक्रम स्थगित गरेका छौं।’ गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा रहँदा दलाई लामासम्बन्धी विदेशी समाचार राष्ट्रिय समाचार समितिमा अनुवाद गरेर राखेको भन्दै सरकारले पत्रकारलाई कारबाही गरेको थियो। यद्यपि शरणार्थी शिवरभित्र धार्मिक नेता लामाका शुभेच्छुकहरूले जन्मोत्सव मनाउने तयारी गरेका छन्।

नेपालका तिव्बती समुदायलाई आफ्ना धर्मगुरुको जन्मोत्सव मनाउन रोक लगाउनुले सरकारले सामान्य मानवअधिकारको समेत ख्याल नगरेको मानवअधिकारकर्मीे आरोप लगाएका छन्। २०७२ मा बौद्धमा दलाई लामाको जन्मदिन मनाइरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि बीचमै कार्यक्रम रोकिएको थियो। त्यसबेला ताम्दिङ दोर्जे तुलाधर नेपालस्थित शरणार्थी शिविरका संयोजक थिए।

त्यसअघि तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले तिब्बतीको कार्यक्रममा रोक लगाएका थिए। प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले गत वर्ष नरोकेको जन्मोत्सव कार्यक्रम यसपटक भने उनीहरूले नै गर्ने अनुमति दिएनन्। जाउलाखेलमा गत वर्ष मनाएको जन्मोत्सवमा नेपाल स्थित अधिकांश दुतावासका अधिकारीहरूको उपस्थिति थियो।

लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले लामाको जन्मदिन मनाउने भव्य तयारी गरेको थियो। संसारभरका तिव्बती समुदायले शनिबार धर्मगुरु लामाको ८४ औं जन्मोत्सव मनाउँदैछन्। नेपालस्थित तिब्बती समुदायले आफ्ना धार्मिक नेता लामाको जन्मोत्सव मनाउन प्रशासनले लगाएको रोक प्रति दुख व्यक्त गरेका छन्। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
किसानको वर्गीकरण गर्दै पोखरा महानगर
किसानको वर्गीकरण गर्दै पोखरा महानगर
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
सेना परिचालनका विषयमा रक्षामन्त्रीको यस्तो जवाफ
सेना परिचालनका विषयमा रक्षामन्त्रीको यस्तो जवाफ
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
काँग्रेस नेता सिंह अस्वस्थ, मेडिसिटीमा भर्ना
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
भक्तपुरमा काँग्रेसको अग्रता
भक्तपुरमा काँग्रेसको अग्रता
कोमल वलीलाई अझै छोडेन गीतले, दाङमा घन्कियो बाँझो खेतमा…
कोमल वलीलाई अझै छोडेन गीतले, दाङमा घन्कियो बाँझो खेतमा…
व्यस्त सडकमा भ्यानले किचेर १० को मृत्यु
व्यस्त सडकमा भ्यानले किचेर १० को मृत्यु
काठमाडौं ८: रास्वपाका विराजभक्त विजयी
काठमाडौं ८: रास्वपाका विराजभक्त विजयी

तपाईंले छुटाउनुभयो कि?