दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २०, २०८०
|
|
३३ पटक हेरिएको
Shares
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने

सारांश

  • काठमाडौं।
  • दशैंलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने भएको छ ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलमा २२ गते सोमबारदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।

काठमाडौं। दशैंलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलमा २२ गते सोमबारदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।

पुरानै भाडादर कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ने भएको हो । अघिल्ला वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाई भएको हो ।

यातायात व्यवसायीले गाडि भाडा नबढाए बुकिङ नखोल्ने अडान राखेपछि अग्रिम टिकट बुकिङ खुल्न ढिला भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?