साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ६, २०७३
|
|
२१२ पटक हेरिएको
Shares
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?

सारांश

  • गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकिन हुनसकेको छैन ।
  • राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार ५४२ महिलाले राहदानी लिएका छन् ।
  • जसमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या दुई लाख ५० हजार मात्रै रहेको छ ।

गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकिन हुनसकेको छैन ।
राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार ५४२ महिलाले राहदानी लिएका छन् । जसमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या दुई लाख ५० हजार मात्रै रहेको छ । झण्डै ३० हजार महिला अध्ययनका लागि र २० हजार महिला भ्रमणका लागि विभिन्न मुलुकमा गए पनि बाँकीले के प्रयोजनका लागि पासपोर्ट लिए भन्ने अभिलेख कसैसँग छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

त्यस अवधिमा राहदानी लिएका महिलामध्ये तीन लाख ४४ हजार ३६९ महिलाले जिल्लाबाट लिएका छन् भने तीन लाख ३९ हजार ४५६ राहदानी केन्द्रबाट लिएका छन । यस्तै दूतावासबाट ८५ हजार ७१७ महिलाले राहदानी लिएको विभागले जनाएको छ ।

सरकारले ढिलै भए पनि साढे चार लाखभन्दा बढी महिलाले राहदानी के प्रयोजनका लागि लिए भनेर खोजतलास गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालय अन्तर्गतको वैदेशिक रोजगार उद्वार शाखाका सुशील ढुङ्गानाले राहदानी बनाएकामध्ये साढे चार लाखभन्दा बढी महिला कहाँ गए भन्ने तथ्यको खोजीका लागि अनुसन्धान भइरहेको जानकारी गराए ।

प्रारम्भिक अध्ययनअनुसार राहदानी लिएको तर कुन प्रयोजनका लागि प्रयोग गरियो भन्ने पत्तो नलागेकामध्ये पनि मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा रहेका जिल्लाहरूबाट महिलाले बढी राहदानी बनाएको भए पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको पाइँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारीलाइ सरकारी डाक्टरले साथ दिएपछि…
बलात्कारीलाइ सरकारी डाक्टरले साथ दिएपछि…
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
सूर्य थापाको दाबी : प्रचण्ड र माधव नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु
नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु
आज सुनको मूल्य स्थिर
आज सुनको मूल्य स्थिर
नेपाली सेनासहितको टोलीद्वारा सुरुङभित्र फसेका दुई श्रमिकको उद्धार: एकको अवस्था गम्भीर, वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदै
नेपाली सेनासहितको टोलीद्वारा सुरुङभित्र फसेका दुई श्रमिकको उद्धार: एकको अवस्था गम्भीर, वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदै
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै
विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटिँदै
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय

तपाईंले छुटाउनुभयो कि?