दशैं बिदामा ३ दिन काटियो, नयाँ दिवस थपियो, पृथ्वीजयन्ती पनि खारेज
सारांश
- अब शनिवारसहित वर्षमा ६७ दिनमात्र विदा, २२ दिन आंशिक विदा काठमाडौं, १५ चैत ।
- सरकारले दशैं विदामा ३ दिन कटौती गरेको छ भने पृथ्वीजयन्ती पनि खारेज गरेको छ ।
- यसपालिदेखि असोज ३ गतेलाई “राष्ट्रिय दिवस”को विदा थप भएको छ ।
अब शनिवारसहित वर्षमा ६७ दिनमात्र विदा, २२ दिन आंशिक विदा
काठमाडौं, १५ चैत । सरकारले दशैं विदामा ३ दिन कटौती गरेको छ भने पृथ्वीजयन्ती पनि खारेज गरेको छ । यसपालिदेखि असोज ३ गतेलाई “राष्ट्रिय दिवस”को विदा थप भएको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । यसअघि पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा मनाउने गरिन्थ्यो । तर, जनआन्दोलन २०६२÷६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो । यद्यपि, शेरबहादुर देउवा नेतृत्वको सरकारले यस वर्ष पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै सार्वजनिक विदा समेत दिएको थियो ।
केपी ओली नेतृत्वको वामपन्थी सरकारले अब मुलुकको राष्ट्रिय दिवस असोज ३ लाई मान्ने नयाँ निर्णय गरेको हो । जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई राष्ट्रिय दिवस मनाउनुपर्ने प्रस्ताव पनि बैठकमा आएको तर गणतन्त्रलगायत सबै परिवर्तनलाई संविधानले संस्थागत गरेकाले असोज ३ राष्ट्रिय दिवस हुने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।
यसबाहेक राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७, लोकतन्त्र दिवस बैशाख ११, गणतन्त्र दिवस जेठ १५, शहीद दिवस माघ १६ र राष्ट्रिय एकता दिवस पुस २७ आआफ्नो हिसाबले मनाइने तर त्यस दिन सार्वजनिक विदा भने हुने छैन । राज्यमन्त्री बास्कोटाका अनुसार ‘दिवस र पर्वहरु आआफ्नो ढंगले मनाउने तर, सार्वजनिक विदा कटौती गर्ने नीतिअनुसार असोज ३ लाई राष्ट्रिय पर्व बनाइएको हो ।”
दशैं बिदामा ३ दिन काटियो
दशैं बिदामा ३ दिन काटिएको छ । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं बिदा फूलपातिदेखि एकादशीसम्म पाँच दिनमात्र हुनेछ । त्यस्तै हिन्दूहरुका पर्वको बिदा पनि कटौती गरिएको छ । जनैपूर्णिमा, ऋषि पञ्चमी, रामनवमी, श्रीकृष्ण जन्माष्टमीका दिन हुने गरेको सार्वजनिक विदा पनि कटौती गरिएको छ । सरकारले सार्वजनिक बिदा कटौती गर्नुका साथै समुदायगत र क्षेत्रगत पर्वमा सम्बन्धित समुदाय वा क्षेत्रमा मात्र बिदा दिने निर्णय गरेको छ । अब ल्होसार, क्रिसमस, छठ, माघी जस्ता पर्वमा सम्बन्धित समुदाय र भेगमा मात्र विदा हुनेछ ।
अब वर्षभरि ५२ वटा शनिवार र अन्य १५ दिनमात्र सार्वजनिक विदासहित राष्ट्रव्यापीरुपमा ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा २२ दिन आंशिक विदा हुनेछ ।
Harihar Bhandari
Good news
Shobha Bagale Parajuli
अति राम्रो छ
Dal Bahadur Thapa Saru
Ramro pribatan
Durga Chhantyal
Ramro kam
Dipendra Joshi
very good .
Bhim Lama Pakhrin
Good job
Kamal Raj Dahal
कृष्ण जन्म अष्टमी काट्ने, क्रिसमस चाहिँ नकाट्ने घोर धांधली ।
Manoj Subedi
Dasai ma Hindu lai matra bida dinu parxa hola
Manish Budhathoki
Saturday bahek Bida nai nadida thik
An Lama
बिद घटाउनु ठिक तर सुक्रबार पनि पूरै दिन काम हुनु पर्छ।
Gopal Sunuwar
हिनदुहरुका दसै लगायत सबै पर्बमा हिनदुलाइ मात्र बिदा दिने र खरच दिने हकमा पनि हिनदुलाइ दसैमा, मुसलिमलाइ ईदमा, कृस्चियन्लाइ कृश्मस्मा, मगर र थारुलाई माघिमा, अरु समुदायकाे लाेहसार र छठ अादिमा दिनु रामराे हाेला । जे गरिनछ त्यो दीगो होस लहड्बाजी र फेसन नहोस ।