दातृ निकायको सहायतामा कुलमानको अर्को कुशलता
सारांश
- लोडसेडिङको हटाएर चर्चामा आएका कुलमान घिसिङले दातृ निकायले उपलब्ध गराउने सहायता रकम पनि उच्च खर्च गर्न सफल भएको देखिएको छ ।
- दातृ निकायको सहायतामा सञ्चालित आयोजनाको काममा पनि कुलमानले व्यवस्थापकीय कुशलता समेत देखाएका छन् ।
- प्राधिकरणमार्फत कार्यान्वयन हुने आयोजनाको कामलाई घिसिङले तिब्रता दिएपछि यस वर्ष ऊर्जा क्षेत्र चामत्कारिकरुपमा दाताले दिएको रकम बढी खर्च गर्ने क्षेत्र बनेको छ ।
लोडसेडिङको हटाएर चर्चामा आएका कुलमान घिसिङले दातृ निकायले उपलब्ध गराउने सहायता रकम पनि उच्च खर्च गर्न सफल भएको देखिएको छ ।
दातृ निकायको सहायतामा सञ्चालित आयोजनाको काममा पनि कुलमानले व्यवस्थापकीय कुशलता समेत देखाएका छन् ।
प्राधिकरणमार्फत कार्यान्वयन हुने आयोजनाको कामलाई घिसिङले तिब्रता दिएपछि यस वर्ष ऊर्जा क्षेत्र चामत्कारिकरुपमा दाताले दिएको रकम बढी खर्च गर्ने क्षेत्र बनेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ऊर्जा क्षेत्रमा सन् २०१४/१५मा ७ करोड ८५ लाख ७१ हजार अमेरिकी डलर खर्च भएकोमा सन् २०१५/१६मा बढेर झण्डै दोब्बर अर्थात १५ करोड पााच लाख ८२ हजार डलर खर्च भएको छ । कुलमान गत भदौको अन्तिमका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
सार्वजनिक खरिद ऐनले खरिद योजना तयार गर्ने देखि लिएर स्विकृति गराउने सम्बन्धि काम गर्ने सम्पूर्ण अधिकार संस्थानको कार्यकारी प्रमुखलाई दिएको छ । तर, ऐनमा भएको यस्तो व्यवस्था प्राधिकरणका तत्कालीन सञ्चालकहरुले टेण्डरमा चलखेल गर्न खरिदको अधिकारी कार्यकारीलाई दिन अस्विकार गर्दै आएका थिए ।
विश्व बैकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजना सञ्चालनमा छ । आयोजनामार्फत धनुषाको ढल्केवरमा २२०/१३२ केभीको सबस्टेसनको निर्माण भइरहेको छ । गत ५ भदौमा आयोजनाको स्थलगत निरीक्षण गरि ऊर्जा मन्त्री जनार्दन शर्माले ४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लिखित प्रतिबद्धता आयोजना र ठेकेदारबीच गराएका थिए ।
सव स्टेसन निर्माण अन्तिम चरणमा भएपनि लोडसेडिङ व्यवस्थापनले गर्दा अहिले त्यहाा रहेको प्रसारण लाइनलाई चलाउन प्राविधिक समस्या रहेकाले सव स्टेसनलाई चलाउन (चार्ज) गर्न प्राविधिक समस्या रहेको कार्यकारी निर्देशक घिसिङले बताए । उनले भने ‘अब यसलाई छिट्टै चार्ज गछौं,’।
प्रतिक्रिया