दार्जिलिङमा फेरि तनाव : सुरक्षाकर्मीको गोलीले दुईको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
दार्जिलिङमा फेरि तनाव : सुरक्षाकर्मीको गोलीले दुईको मृत्यु

सारांश

  • असार २४, २०७४- नेपाली भाषी भारतीय बहुल पश्चिम बंगालको दार्जिलिङमा फेरि तनाव बढेको छ ।
  • सुरक्षाकर्मीको गोलीबाट दुई युवाको मृत्यु भएपछि दार्जिलिङमा पुन: तनाव बढेको हो ।
  • सीआरपीएफको गोलीबाट दार्जिलिङ सोनादामा शुक्रबार राति स्थानीय युवा टासी भुटियाको मृत्यु भएको थियो ।

असार २४, २०७४- नेपाली भाषी भारतीय बहुल पश्चिम बंगालको दार्जिलिङमा फेरि तनाव बढेको छ । सुरक्षाकर्मीको गोलीबाट दुई युवाको मृत्यु भएपछि दार्जिलिङमा पुन: तनाव बढेको हो । सीआरपीएफको गोलीबाट दार्जिलिङ सोनादामा शुक्रबार राति स्थानीय युवा टासी भुटियाको मृत्यु भएको थियो । उनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका युवा कार्यकर्ता थिए ।

बिरामी भाइलाई औषधि किन्न बजार जादै गर्दा सीआरपीएफलाई उनमाथि गोली चलाएको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता निरज जिम्वाले जनाएका छन् । ‘सीआरपीएफले निहत्था युवाको हत्या गरेको छ’, जिम्वाले भने ।

भुटियाको हत्याको घटनाले शनिबार दिनभर दार्जिलिङ, कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र तनावग्रस्त बनेको थियो । भुटियाको हत्या घटनाको बिरोधमा दार्जिलिङका बिभिन्न स्थानमा भएको तोडफोड र सुरक्षाकर्मीको भीडन्तमा थप एक युवाको मृत्यु भएको कालिम्पोङको अनलाइन पत्रिका खबरम्यागेजिनले जनाएको छ ।


दार्जिलिङमा सुरक्षाकर्मीसँगको झडपमा तुङसुङ निवासी ३७ वर्षीय सुरज सुन्दासको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । सुरक्षाकर्मीको फायरिङवाट १२ जना भन्दा बढी घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?