दिगो विकास र समृद्धि क्षेत्र नं १ को साझा एजेण्डा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १, २०७४
|
|
३३ पटक हेरिएको
Shares
दिगो विकास र समृद्धि क्षेत्र नं १ को साझा एजेण्डा

सारांश

  • काँकडभिट्टा, १ मंसिर : झापा क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति, दिगो विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् ।
  • संवाद समूह झापाको संयोजनमा आज धुलाबारीमा भएको उम्मेदवारसँगको छलफलमा उनीहरुले आफ्नो क्षेत्रसहित मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेर चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् ।
  • आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि झापा–१ मा प्रतिनिधिसभातर्फ सातजना, प्रदेशसभातर्फ क्षेत्र ‘क’ र ‘ख’ बाट आठ–आठजना चुनावी मैदानमा उत्रिएका छन् ।

काँकडभिट्टा, १ मंसिर : झापा क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति, दिगो विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् ।

संवाद समूह झापाको संयोजनमा आज धुलाबारीमा भएको उम्मेदवारसँगको छलफलमा उनीहरुले आफ्नो क्षेत्रसहित मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेर चुनावी एजेण्डा सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि झापा–१ मा प्रतिनिधिसभातर्फ सातजना, प्रदेशसभातर्फ क्षेत्र ‘क’ र ‘ख’ बाट आठ–आठजना चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश शर्माले क्षेत्र नं १ लाई विकासको नमूना क्षेत्र बनाउने बताउँदै स्थानीय र राष्ट्रिय एजेण्डा सार्वजनिक गर्नुभएको छ । उहाँले बाहुनडाँगी–शान्तिनगरलाई कृषि–पर्यटन क्षेत्र बनाउने, चन्द्रगढी–ज्यामिरगढी–दुहागढीलाई औद्योगिक क्षेत्र र धाइजनलाई स्वास्थ्यको हव बनाउने बताउनुभयो ।

त्यस्तै रिङरोड, बन्दमुक्त काँकडभिट्टा, असार–साउनमा आउने बजेटलाई चैत–वैशाखमै ल्याउन लविङ गर्ने, सिद्धिखोलाबाट विद्युत् उत्पादन, विप्रेषणलाई विद्युत् उत्पादनमा लगानी गर्नेलगायतका योजना सार्वजनिक गर्नुभएको छ ।

प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्कीले नेपालका पार्टीलाई लोकतान्त्रिक बनाउँदै समाजमा प्रजातन्त्रको विस्तार गर्ने बताउनुभएको छ । उहाँले नेपाल सुहाउँदो समाजवाद निर्माण गर्ने, अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, गरिब लक्षित विशेष कार्यक्रम ल्याउने, सबैखालको विभेद अन्त्य गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो ।

“काँग्रेस र वामपन्थी मिलेर देशलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो ।

शर्मा र कार्की क्षेत्र नं १ का प्रभावशाली उम्मेदवार हुन् । दुवै उम्मेदवारले चुनावी दौडाहामा प्रस्तुत गरिरहेको एक अर्काप्रतिको हार्दिकता, सम्मान र उच्च राजनीतिक संस्कार अरुका लागि अनुकरणीय रहेको छ ।

संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भक्तबहादुर लिम्बूले दोस्रो जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने, समाजमा सद्भाव र सहिष्णुता कायम गरी विभेदको अन्त्य गर्न र नेपालीको आधारभूत आवश्यकता परिपूर्तिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

क्षेत्र नं १ को प्रदेश ‘क’ मा काँग्रेसका उम्मेदवार केशवराज पाण्डे, एमाले उम्मेदवार श्रीप्रसाद मैनाली, नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार पुष्पप्रसाद पौडेललगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रदेश ‘ख’ मा काँग्रेस उम्मेदवार अशोककुमार पोखरेल, वाम गठबन्धनका गोपालचन्द्र बुढाथोकी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लक्ष्मीप्रसाद मावोले पूर्वी नाकालाई अझ व्यवस्थित गरी व्यापार प्रवद्र्धन गर्नेदेखि जनहितकारी काम गर्नेसम्मका योजना सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?