निक्षेप नौ दशमलव चार प्रतिशतले बढ्यो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २७, २०७९
|
|
५२ पटक हेरिएको
Shares
निक्षेप नौ दशमलव चार प्रतिशतले बढ्यो

सारांश

  • काठमाडौँ ।
  • चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव चार र कर्जा चार प्रतिशतले बढेको छ ।
  • नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कूल निक्षेप नौ दशमलव चार प्रतिशतले वृद्धि भई रू ५२ खर्ब ९७ अर्ब ९० करोड पुगेको जनाएको छ ।

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव चार र कर्जा चार प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कूल निक्षेप नौ दशमलव चार प्रतिशतले वृद्धि भई रू ५२ खर्ब ९७ अर्ब ९० करोड पुगेको जनाएको छ । यही समयमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा चार प्रतिशतले वृद्धि भई रू ४७ खर्ब ५८ अर्ब ४२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक बिन्दुगत वृद्धिदर उच्च रहेकामा २०७९ असोजदेखि निक्षेपको वृद्धिदर अधिक रहँदै आएको छ । निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून रहेका कारण बाह्य क्षेत्रमा परेको चाप कम गर्न सहयोग पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।

शोधनान्तर स्थिति बचतमा रहँदा यसले तरलता सहज भएको पनि राष्ट्र बैंकले जनाएको छ । “विसं २०७८ जेठदेखि लगातार दबाबमा रहेको शोधनान्तर स्थिति २०७९ असोजदेखि बचतमा रहन थालेको छ, शोधनान्तर स्थितिमा सुधार आउन सुरु भएसँगै मौद्रिक तरलतामा विस्तार भएको छ”, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ । तरलतामा सुधार आएका कारण अल्पकालीन ब्याजदर घट्न थालेका र यसको असर निक्षेप तथा कर्जाको ब्याजदरमा समेत क्रमशः प्रतिविम्बित हुँदै जाने ठानिएको छ ।

कर्जाको आकार कूल गार्हस्थ्य उत्पादनकै हाराहारीमा पुगिसकेको र बैंक तथा वित्तीय संस्थाको पुँजीको आधार समेतलाई दृष्टिगत गर्दा कर्जा प्रवाह सन्तुलित रहन गई तरलता र ब्याजदरमा थप सुधार आउने अनुमान राष्ट्र बैंकको छ । तथापि आयातमा आधारित अर्थतन्त्र भएकाले सरकारी वित्त घाटा र कर्जा विस्तारसँगै आन्तरिक माग विस्तार हुँदा शोधनान्तर स्थिति पुनः दबाबमा पर्नसक्ने जोखिम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागबण्डा नमिल्दा कांग्रेसमा विवाद बढ्दै
भागबण्डा नमिल्दा कांग्रेसमा विवाद बढ्दै
यसपालि घुमौं कर्णाली
यसपालि घुमौं कर्णाली
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कञ्चनपुरमा छाडा चौपायालाई रिफ्लेक्टिङ बेल्ट, सडक दुर्घटना न्यूनीकरण अभियान सुरु
कञ्चनपुरमा छाडा चौपायालाई रिफ्लेक्टिङ बेल्ट, सडक दुर्घटना न्यूनीकरण अभियान सुरु
लक्ष्मीपूजादेखि हराएका ५ युवतीको उद्दार
लक्ष्मीपूजादेखि हराएका ५ युवतीको उद्दार
आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
सवारी दुर्घटनामा तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग
सवारी दुर्घटनामा तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग
घरमा विवाहको तयारी भैरहेकी युवती मृत फेला परेपछि…
घरमा विवाहको तयारी भैरहेकी युवती मृत फेला परेपछि…
‘एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी’
‘एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी’
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी

तपाईंले छुटाउनुभयो कि?