दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला

सारांश

  • काठमाडौं।
  • दिदी बहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।
  • बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

काठमाडौं। दिदी बहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ ।

खञ्जनेश्वर महादेवमा भक्तजन

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।

“विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”–उनले भने।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । आठ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि २०७७ सालसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो ।

बालगोपालेश्वर मन्दिर भूकम्पपछिदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
गुल्मीमा प्रदिप ज्ञवाली भर्सेस चन्द्र भण्डारी ।
गुल्मीमा प्रदिप ज्ञवाली भर्सेस चन्द्र भण्डारी ।
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
एक्सन थ्रिलर फिल्मबाट बलिउडमा डेब्यू गर्दैछन् डेनी पुत्र
किन ओलीले उपेन्द्र यादवलाईबोलाए काठमाडौं ?
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता माडीमा
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउदै सरकार
३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउदै सरकार
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
आजदेखि मोटरसाइकलमा चालकमात्रै
आजदेखि मोटरसाइकलमा चालकमात्रै
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !
३३ किलाे सुन प्रकरण: पक्राउ परेका २८ जनालार्इ कारागार पठाउन अदालतको आदेश !