दिल्ली विधानसभा चुनाव : मतगणनाको तयारी पूरा

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २७, २०७६
|
|
५० पटक हेरिएको
Shares
दिल्ली विधानसभा चुनाव : मतगणनाको तयारी पूरा

सारांश

  • २७ माघ ।
  • नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना भोलि अर्थात् मङ्गलबार हुँदैछ ।
  • दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।

२७ माघ । नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना भोलि अर्थात् मङ्गलबार हुँदैछ । दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।

मतगणना कार्य बिहान ८ बजे शुरु हुनेछ । विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने अनुमान गरिएको छ । उहाँले दिल्लीको मतदान केन्द्रहरुमा खटिएका मतदान अधिकृतहरुले दिनरात लगाएर तथ्याँकहरु रुजु गरिरहेको जानकारी दिए । सिंहले चुनावको नतिजा स्वच्छ र विश्वसनीय बनाउन आयोगले हरसम्भव प्रयास गरिरहेको छ भने।

दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप) का नेताहरुले निर्वाचन समाप्त भएपछि विद्युतीय मतदान उपकरणहरु अनधिकृत तरिकाबाट अन्यत्र लगिएको भन्दै विरोध जनाएका छन् । तर प्रमुख आयुक्त सिंहले आपको उक्त दाबीमा सत्यता नरहेको दाबी गरे ।

उहाँले पर्यवेक्षक र सबै दलका उम्मेदवारहरुको रोहबरमा विस्तृत अनुसन्धान पनि गरिसकेको पनि बताए। अनुसन्धानमा विद्युतीय मतदान केन्द्रहरु सबै ठीक र दुरुस्त अवस्थामा रहेको भेटिएको पनि उनले बताए ।

नयाँदिल्लीको ७० स्थानका लागि भएको निर्वाचनको नतिजाप्रति सबैको ध्यान गएको छ । चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौँको धुलो बढाल्न ५ वटा ब्रुमर, हिजो गरियो उद्घाटन
काठमाडौँको धुलो बढाल्न ५ वटा ब्रुमर, हिजो गरियो उद्घाटन
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाकोे उद्धार
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
आगामी २४ घण्टाको मौसम पूर्वानुमान : देशभर बदली रहने, यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
अमेरिकी चुनावः मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो
तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु
हत्या भएको १ महिनापछि मात्रै अनुसन्धान शुरु
नारायणगढ–मुग्लिन सडकमा अब भित्तो काट्नुपर्ने
नारायणगढ–मुग्लिन सडकमा अब भित्तो काट्नुपर्ने
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

तपाईंले छुटाउनुभयो कि?