दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
५६ पटक हेरिएको
Shares
दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता

सारांश

  • काभ्रेपलाञ्चोक, २ पुस , आठ स्थानीय तहका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
  • पनौती नगरपालिका, नमोबुद्ध नपा, बनेपा नपा, धुलिखेल नपा, पाँचखाल नपा तथा बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकाका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
  • काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेका छन् ।

काभ्रेपलाञ्चोक, २ पुस , आठ स्थानीय तहका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । पनौती नगरपालिका, नमोबुद्ध नपा, बनेपा नपा, धुलिखेल नपा, पाँचखाल नपा तथा बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकाका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेका छन् ।

जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, १३ वटै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृत, विषयगत कार्यालयका प्रमुख तथा सरोकारावालासँग भएको बैठकले स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न यही पुस ५ गते समयसीमा दिएको छ ।

पनौती नपाप्रमुख भीम न्यौपानेले निर्धारित समयसीमाभित्र आफ्नो क्षेत्र खुला दिशामुक्त घोषणा गर्ने अन्तिम तयारीमा जुटिरहेको बताउनुभयो । बैठकमा स्थानीय तहका प्रमुखले पुस ५ गतेभित्र आफ्नो गाउँपालिका तथा नपालाई खुला दिशामुक्त घोषणा गरिसक्ने प्रतिबद्धता जनाएपछि यही पुस ९ गते जिल्लालाई नै खुला दिशामुक्त घोषणा गर्ने तयारी अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिनुभयो ।

हालसम्म मण्डनदेउपुर नपा तथा चौरीदेउराली, भुम्लु, तेमाल र रोशी गाउँपालिकालाई पूर्णरूपमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ । जसमध्ये जिल्लाका १३ स्थानीय तहका १३५ वडामध्ये ८५ वडा पूर्णरूपमा खुला दिशामुक्त घोषणा भएका छन् ।

यसअघि सन् २०१७ भित्र जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य लिइए पनि विनासकारी भूकम्पका कारण निर्माण भएका शौचालयमा समेत क्षति पुगेपछि घोषणा गर्न सकिएको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
भारत–पाकिस्तान आमने सामने आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चेतावनी
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
प्रकाश दाहाल अन्त्येष्टिको पशुपतिमा तयारी
सत्तल बनाउन एउटै परिवारद्वारा रु दुई लाख बढी सहयोग
सत्तल बनाउन एउटै परिवारद्वारा रु दुई लाख बढी सहयोग
राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण
राष्ट्रपतिबाट युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको भ्रमण
विषाक्त खानाले आमाछोराको मृत्यु
विषाक्त खानाले आमाछोराको मृत्यु
संविधान दिवसको भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना
संविधान दिवसको भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

तपाईंले छुटाउनुभयो कि?