दीपक मनाङ्गे एमालेका ‘बागी उम्मेदवार’ !

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
दीपक मनाङ्गे एमालेका ‘बागी उम्मेदवार’ !

सारांश

  • ५ कात्तिक, काठमाडौं ।
  • सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि गुण्डा नाइके दीपक मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको छ ।
  • तर, एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका छन् ।

५ कात्तिक, काठमाडौं । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि गुण्डा नाइके दीपक मनाङेलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउनबाट एमाले पछि हटेको छ । तर, एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङे स्वतन्त्र (बागी) उम्मदेवार बन्ने भएका छन् ।

मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङेलाई उम्मेदवार नबनाउन एमाले स्थायी कमिटीका सबै नेता सहमत भएका हुन् ।

शुक्रवार मध्यरातमा भएको निर्णय अनुसार मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता हुन् । उनी दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् ।

जिल्लाबाट सर्वसम्मत रुपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरुले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको स्रोतले जनाएको छ ।

दीपक मनाङे एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए । कुनै समय मनाङमा सांसद उम्मेदवार उठाउने मान्छे नपाएको एमालेमा पछिल्लो समय राप्रपाका व्यक्ति एमाले प्रवेश गरेर जिल्ला नेतृत्व गरेका छन् ।

स्थानीय तह चुनावमा जिल्लाका चार गाउँपालिकामध्ये एमालेले दुईवटा जितेको थियो ।

टिकटका लागि एमालेमा प्रवेश गरेका गुरुङले आज स्वतन्त्र उम्मेवजारी दर्ता गर्न लागेको स्रोतले  बतायो ।

मनाङेलाई चिनिएनः एमाले

यसैबीच एमालेका ४ नम्बर प्रदेश संयोजक किरण गुरुङले दीपक मनाङेलाई नचिनेर शुरुमा जिल्लाबाट आएको सिफारिस जस्ताको त्यस्तै प्रदेश कमिटीले केन्द्रमा पठाएको बताएका छन् । जिल्लाबाट सिफारिस आउँदा मनाङ २ मा राजिव गुरुङ भनेर आएको थियो ।

दीपक मनाङगेको बास्तविक नाम राजिव गुरुङ हो । सञ्चारमाध्यममा गुण्डा नाइके दीपक मनाङे पनि एमालेबाट उम्मेदवार सिफारिस भएको समाचार आएपछिमात्र राजिव गुरुङनै दिपक मनाङे रहेछन् भन्ने जानकारी पाएको गुरुङले बताए ।

उनले भने-जिल्लाबाट राजिव गुरुङ भन्ने नाम आयो । पछि मिडियाबाट उनी दिपक मनाङे भन्ने थाहा पाएको हो । पार्टीले सबै कुरा बिचार गरेर खण्डा लामा गुरुङलाई टिकट दिएको छ ।

(Alrpazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्जिब ठकुरीको ‘मेरी आमा…’ गीतको विमोर्चन (भिडियोसहित)
सन्जिब ठकुरीको ‘मेरी आमा…’ गीतको विमोर्चन (भिडियोसहित)
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
उन्नाइस डिआइजीको सरुवा–कसलाई कहाँ ?
उन्नाइस डिआइजीको सरुवा–कसलाई कहाँ ?
धरौटी बुझाएर हात हल्लाउँदै निस्केका दुर्गा प्रसाईं अदालतबाटै पुन: पक्राउ
धरौटी बुझाएर हात हल्लाउँदै निस्केका दुर्गा प्रसाईं अदालतबाटै पुन: पक्राउ
मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा
मानवअधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ : मन्त्री शर्मा
भूमिसुधारमन्त्री गोपाल दहित अख्तियारको  छानबिनमा !
भूमिसुधारमन्त्री गोपाल दहित अख्तियारको छानबिनमा !
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
ज्ञानेन्द्र किन जाँदैछन थाइल्याण्ड
ज्ञानेन्द्र किन जाँदैछन थाइल्याण्ड
पोखरामा लक डाउनको प्रभाव, सञ्चारकर्मीलाई सुरक्षित रही समाचार संप्रेशण गर्न आग्रह
पोखरामा लक डाउनको प्रभाव, सञ्चारकर्मीलाई सुरक्षित रही समाचार संप्रेशण गर्न आग्रह
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
पूर्वी रुकुममा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?