दुईवटा वडा कार्यालयमा आगजनी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
दुईवटा वडा कार्यालयमा आगजनी

सारांश

  • काठमाडौ, असार १० ।
  • सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
  • पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।

काठमाडौ, असार १० । सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५र६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ। भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेको थियो। आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन्।यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन। गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’

– राजकुमार पराजुली
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ ९प्रबलीकरण० गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गर्नुभएको थियो ।भूकम्पले घर चर्किएको करीब चार वर्षपछि शुरु गरिएको रेट्रोफिटिङ अभियानअन्तर्गत निर्माण सम्पन्न भएको परिवारको दुईतले घर प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले घरधनीलाई हस्तान्तरण गर्नुभएको हो । बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग ९डीएफआइडी० को आर्थिक सहयोगमा विल्ड चेन्ज र युएन ओप्स् नामक गैरसरकारी संस्थाले उक्त रेट्रोफिटिङ नमूना घर निर्माण गरेका हुन् ।

डीएफआइडीले नेपालको भूकम्पप्रभावित जिल्लाका ५६२ स्थानीय तहमा एक वटा हुनेगरी करीब एक हजार आंशिक क्षति घरलाई रेट्रोफिटिङ गरी नमूना घर बनाउने सम्झौता गरेको छ ।घर हस्तान्तरणका अवसरमा श्रेष्ठले कच्ची घरलाई रेट्रोफिटिङ गरेर भूकम्प प्रविधियुक्त मजबुत बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै रकममा घर रेट्रोफिटिङ गर्न सकिन्छ, यसबाट मौलिकता जोगाउन मद्दत पुग्दछ ।” भूकम्पप्रभावित जिल्लामा पुनःनिर्माण गरिएका अधिकांश दुईकोठे घर ‘बाकस घर’ जस्ता देखिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले रेट्रोफिटिङमा सूचीकृतलाई अब पूर्ण लाभग्राहीमा नलैजाने बताउनुभयो । “आंशिकलाई पूर्ण लाभग्राहीमा लैजाँदा नकारात्मक सन्देश गयो, यसको नीतिगतरूपमै परिवर्तन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

नेपालका इञ्जिनीयरलाई यससम्बन्धी अध्ययन गर्न समय लागेकाले सरकारद्वारा चर्किएका घर रेट्रोफिटिङ गर्न ढिला हुन गएको श्रेष्ठले बताउनुभयो । “विभिन्न देशका विज्ञसँगको अध्ययन, अनुसन्धान र परीक्षणबाट पास भएका प्रविधिमार्फत हालैमात्र रेट्रोफिटिङ प्रयोगमा ल्याइएको हो”, उहाँले भन्नुभयो । भूकम्पप्रभावित ३२ जिल्लामा करीब ६२ हजार आंशिक लाभग्राही रहेकोे र हाल ११४ घरको रेट्रोफिटिङ भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।घरधनी परिवारले भूकम्पले चर्किएको आफ्नो घर उस्तै बलियो बनेकामा खुशी व्यक्त गर्नुभयो । “भूकम्पले चर्केको घरमा बस्न डर मानिरहेका थियौँ, अहिले हामी खुशी छौँ, हाम्रो घर जस्ताको तस्तै, बलियो बनाइदिनुभयो”, उहाँले भन्नुभयो । उक्त घरमा सात जना परिवार बस्दै आएका थिए । छत्रबहादुर बस्नुभएको वडा नं ५ मा १२७ घर आंशिक लाभग्राहीमा सूचीकृत छन् ।

केही संस्थाले यसअघि अनौपचारिकरूपमा घरलाई रेट्रोफिटिङ गरेको भए पनि सरकारले प्राधिकरणमार्फत औपचारिकरूपमा रेट्रोफिटिङको काम काभ्रेपलाञ्चोबाट शुरु गरेको हो । प्राधिकरणले नमूनाका रूपमा रेट्रोफिटिङ गरेको परिवारको घर प्राविधिकलाई थप अनुभव तथा स्थानीयवासीलाई यससम्बन्धी जानकारी भएको अपेक्षा गरिएको छ । कार्यकारी सदस्य श्रेष्ठले भन्नुभयो, “यस नमूना रेट्रोफिटिङ घरबाट प्राविधिक तथा सर्वसाधारणले सिक्नेछन् र आंशिक लाभग्राही यसप्रति आकर्षित हुनेछन् भन्ने हाम्रो अपेक्षा हो ।” उहाँले छत्रबहादुरको घर ज्ञानकेन्द्रको रूपमा स्थापित भएको उल्लेख गर्दै रेट्रोफिटिङप्रति लाभग्राहीलाई प्राधिकरण आफैँले चेतनशील बनाउनु आवश्यक रहेको बताउनुभयो । आंशिक लाभग्राहीमा सूचीकृतलाई रु एक लाख दिने प्राधिकरणको नीति छ ।

विल्ड चेञ्जका इञ्जिनीयर अनिल बस्नेतले ‘स्टो«ङ ब्याक फिटिङ’ विधिबाट प्रवलीकरणको काम भएको बताउनुभयो । उहाँका अनुसार यस्तो विधिबाट काम गर्दा क्षति कम होस् भनेर शुरुमा घरलाई बाहिरबाट बाँध्ने काम गरिन्छ, त्यसपछि जगमा डिपीसी गर्दै घरको भित्री भागबाट माथिसम्मै आवश्यकताअनुसार पक्की पिलर बनाइन्छ र निदाल तथा दलिनलाई फलामले कस्ने काम गरिन्छ ।काभ्रेपलाञ्चोकमा रहेका ६८ हजार ७७३ भूकम्पपीडितमध्ये करीब छ हजार घर आंशिक लाभग्राहीमा सूचीकृत छन् । यिनीहरूलाई रेट्रोफिटिङ अर्थात् प्रबलीकरण गर्नुपर्ने प्राधिकरणको नीतिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
पर्दा पछाडि र अगाडि  ‘पशुपतिप्रसाद चलचित्रका ‘मित बा’ उर्फ प्रकाश घिमिरे ?
पर्दा पछाडि र अगाडि ‘पशुपतिप्रसाद चलचित्रका ‘मित बा’ उर्फ प्रकाश घिमिरे ?
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा, उपप्रधानमन्त्रीको पार्टी भने…
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
पृथ्वी राजमार्ग पुन : अवरुद्ध
पृथ्वी राजमार्ग पुन : अवरुद्ध
सुरक्ष कारबाहीमा ३१ जना बोको हराम लडाकुको मृत्यु
सुरक्ष कारबाहीमा ३१ जना बोको हराम लडाकुको मृत्यु
आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
आमाछोरीको हत्यामा संलग्न साह प्रहरीद्वारा सार्वजनिक
दलको विधान एउटा काम अर्कै, कोटरीबाट चल्छन् मुख्य नेता
दलको विधान एउटा काम अर्कै, कोटरीबाट चल्छन् मुख्य नेता
राजस्व छल्दै फिल्म हलहरु
राजस्व छल्दै फिल्म हलहरु

तपाईंले छुटाउनुभयो कि?