दुई ठूला नयाँ सहर निर्माण गर्दै प्रदेश १ सरकार
सारांश
- प्रदेश १ सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको वसन्तपुर र पाँचथरको फिदिमलाई नयाँ सहरका रुपम विकास गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
- संघीय सरकारले नयाँ सहर विकास गर्ने योजना र बजेट प्रदेशलाई नै दिएपछि सहर निर्माण सम्बन्धी काम अघि बढाइएको हो ।
- सहर निर्माण गर्ने विषय भने नयाँ होइन ।
प्रदेश १ सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुमको वसन्तपुर र पाँचथरको फिदिमलाई नयाँ सहरका रुपम विकास गर्न स्वीकृति दिने निर्णय गरेको छ । संघीय सरकारले नयाँ सहर विकास गर्ने योजना र बजेट प्रदेशलाई नै दिएपछि सहर निर्माण सम्बन्धी काम अघि बढाइएको हो । सहर निर्माण गर्ने विषय भने नयाँ होइन । सरकारले आर्थिक वर्ष २०६३/०६३ मै सुरु गरेको योजनालाई अहिले कार्यान्वयनका लागि बढाइएको अधिकारीहरुले बताएका छन् ।
सहरी विकास मन्त्रालयका अनुसार पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपु, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्ी, बागलुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, तनुहँको डुम्रे दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र वैतडीको पाटनलाई नयाँ सहरको रुपमा विकास गर्ने योजना अघि बढेको हो ।
संघीय सरकारले प्रदेश सरकालाई त्यस्तो काम जिम्मा लगाएपछि आफूहरुले प्रकृया अघि बढाएको प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आंगबोले बताए । उनले भने, ूफिदिम र वसन्तपुर दुईवटा सहर प्रदेशलाई हस्तान्तरण गरिएको छ। दुईटैमा १७, १८ करोड हाराहारीको बजेटपनि संगसंगै हस्तान्तरण गरिएको छ। प्रदेश सरकारले त्यो आयोजना र कार्यक्रमलाई स्वीकार गर्ने र प्रदेशको योजनामा यी सहर प्रदेश मन्त्रिपरिषदको बैठकबाट अगाडि बढाउने निर्णय गरेका हौं।ू
हिमाली र पहाडी जिल्लाहरुबाट तराई तथा अन्य सहरहरुमा बढदै गएको बसाइँ सराइको क्रमलाई निरुत्साहित गर्न नयाँ सहरको विकास गर्न लागिएको सरकारी अधिकारीहरू बताउँछन् । नयाँ सहरहरूको जनसंख्या कम्तीमा एक लाख पुर्याउने सरकारी लक्ष्य राखिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका प्रमुख पराग कायस्थका अनुसार नयाँ सहरका लागि प्रस्तावित सबै ठाउँमा ुजग्गा विकास आयोजनाु सुरु भइसकेको छ । आगामी १५ बर्षभित्र प्रस्तावित सबै नयाँ सहरको विकास गरिसक्ने र त्यसका लागि प्रत्येक सहरको विकासका लागि ५ अर्ब रुपैया लाग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया