दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ३, २०७९
|
|
५७ पटक हेरिएको
Shares
दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु

सारांश

  • लेखनाथ ।
  • परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा (एकीकृत समाजवादी) का नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा ।
  • बैठक कोठाको ‘लोबेड’ मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो ।

लेखनाथ । परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा (एकीकृत समाजवादी) का नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा ।

बैठक कोठाको ‘लोबेड’ मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो । छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने आधिकाशंको आँखा पनि रसाइरहेको थियो । त्यही समयमा सान्त्वना दिनकै लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उनको मोबाइलमा फोन गरे तर पहिलो पटक श्रेष्ठको फोन उठेन, पुनः अर्को पटक फोन गरे, श्रेष्ठले दोस्रो पटकको फोन उठाए तर श्रेष्ठको वाक्य स्पष्ट हुनै सकेन ।

उनी छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर भक्कानिन्थे । विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाबाट परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको छ ।

परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना श्रेष्ठ र १५ महिने नाबालक नातिको सपना अधुरै बन्यो ।

आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील र उनकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छिमेकी कृष्णमान पालिखेले बताए । “सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ”, उनले भने, “भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ ।”

एकीकृत समाजवादीका नेता मदनकाजी पनि सामाजिक सेवामा दिनरात खटिने र छोरा सुशील पनि सरल स्वभावका थिए तर दुर्घटनाले परिवार नै समाप्त पारिदियो । सुशीलकी आमा पनि अर्धचेत अवस्थामा छन्, घरिघरि छोरा बुहारी र भरभराउने नातिको सम्झना आइरहन्छ उनलाई ।

उनीहरू तीन जनाकै शव फेला परिसकेको छ तर शवहरू क्षतविक्षत अवस्थामा छन् । दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए श्रेष्ठ । डा सोना पनि एमडी गर्दै थिइन् । डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका छन् ।

तीनै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ । मङ्गलबार मात्र शव बुझाउने तयारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । आज मृतकका आफन्तहरू दिनभर शव प्राप्त गर्ने प्रतीक्षामा अस्पतालमा बसेको भए पनि शव प्राप्त गर्न नसक्दा निराश भएर फर्किएका छन् । शल्य परीक्षण ढिला हुँदा मृतकका आफन्तले आज शव बुझ्न सकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
समयमै निर्वाचन आयोगले सनाखत गरेको भए एमाले भन्ने पार्टी नै हुने थिएन : प्रचण्ड
’ओस्कारले’ भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने
’ओस्कारले’ भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने
काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो
काठको आयात रोकी निर्यात गर्न सकिन्छ : मन्त्री महतो
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरु
वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरु
राष्ट्रकवि घिमिरेद्वारा मतदान
राष्ट्रकवि घिमिरेद्वारा मतदान
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !
ट्रम्पले उत्तर कोरियालाई धम्काउए , कोरियासंग नयाँ लडाई हुने संकेत ।धम्क्याउनुकोे कारण चीन !

तपाईंले छुटाउनुभयो कि?